इन्धन अभावले बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र
आइतबार, २७ मङ्सिर २०७२, ०९ : ५७
म्याग्दी – भारतीय नाकाबन्दीका कारण इन्धन अभावले म्याग्दीका विकास निर्माण योजना प्रभावित बनेका छन् । सदरमुकाम बेनीदेखि गलेश्वर बजारलाई जोड्ने सडकखण्डमा कालोपत्र योजना इन्धन अभावले अलपत्र परेको छ ।
गत भदौदेखि सुरु गरिएको तीन किमी लामो बेनी–गलेश्वर सडकखण्डमा कालोपत्र गर्नका लागि सडक विस्तारको काम विगत दुई महिनादेखि रोकिएको छ । सडक डिभिजन कार्यालय बागलुङसँग रु चार करोड ८९ लाख ४४ हजार ८८९ लागतमा योजना सम्झौता गरी बिरुवा विशाल एण्ड विराज जेभी कम्पनीले प्रारम्भिक काम सुरु गरेको थियो ।
तीन दशमलब ५ किलोमिटर लामो सडकमा १५ महिनाभित्र कालोपत्र गर्ने गरी काम सुरु भए पनि भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सडक विस्तारलगायतका काम रोकिएको कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायी अमृतमान शेरचनले बताए ।
कार्यक्षेत्रमा डोजर र ट्र्याक्टर चलाउन दैनिक ५०० लिटर इन्धन आवश्यक पर्ने निर्माण कम्पनीले जनाएको छ । योजनाअनुसार बेनीको कालिपुलदेखि गलेश्वरको राहुघाटमा रहेको मोटरेवल पुलसम्म कालोपत्र गर्ने लक्ष्य रहेको छ ।
योजनाको काम रोकिएपछि सडक फराकिलो बनाउन विभिन्न स्थानमा गरिएको प्रारम्भिक कामले सडकमा माटो र ढुङ्गा थुप्रिँदा सवारी साधन सञ्चालन गर्नसमेत समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण