नसर्ने रोगको उच्च जोखिममा इलाम
आइतबार, २७ मङ्सिर २०७२, १० : ०१
इलाम – इलाम नसर्ने रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिल्लाका १२ गाविसमा गरेको अध्ययनको हालै तथ्याङ्क सार्वजनिक गर्दै मधुमेह, उच्च रक्तचाप, मोटोपन र कोलस्ट्रोल ९रगतमा हुने चिल्लो पदार्थ० भएकाको सङ्ख्या उच्च रहेको पाइएको हो ।
दानाबारी, चुलाचुली, महमाई, लक्ष्मीपुर, सोयाङ, नामसालिङ, नयाँबजार, जोगमाई, जमुना, मावु, माइपोखरी र माइमझुवा गाविसका एक हजार ४०४ जनामा गरिएको अध्ययनअनुसार सुर्तीसेवन, अत्यधिक मादकपदार्थ सेवन, शारीरिक व्यायामको कमी, सागसब्जी र फलफूल सेवनको कमीका कारण मोटोपन, रगतमा हुने चिल्लो पदार्थ, मधुमेह र उच्च रक्तचापजस्ता नसर्ने रोगको अवस्था भयानक बन्दै गएको निष्कर्ष निकालिएको हो ।
अध्ययनकर्ताका अनुसार यहाँ १३ प्रतिशत मधुमेहका रोगी छन् । यो समग्र देशको तुलनामा नौ प्रतिशतले बढी हो, परिषद्का सदस्य सचिव डा खेम कार्कीले भनने, “समयमै यसप्रति ध्यान दिइएन भने समस्या थप विकराल बन्दै जान्छ ।”
अध्ययनअनुसार २२ प्रतिशतमा मोटोपनको समस्या छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोग तथा हाडजोर्नी समस्याको कारक मानिने मोटोपन स्वास्थ्य समस्याका रूपमा देखापरेको छ ।
यहाँका २७ प्रतिशत मानिस उच्च रक्तचापका बिरामी छन् । महिलाको तुलनामा धेरै पुरुष यस रोगबाट ग्रस्त छन् । २५ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष उच्च रक्तचापबाट पीडित छन् । “उच्च रक्तचाप भएका अधिकांशले औषधि नै प्रयोग नगरेको पाइयो” – अध्ययनमा संलग्न डा कृष्ण अर्यालले भने । उनले नियमित औषधि सेवन गरेमात्रै यो रोग नियन्त्रण हुने भएकाले निरन्तर औषधि सेवन गर्न आग्रह गे ।
यहाँका १२ प्रतिशतमा कोलस्ट्रोलको समस्या देखिएको छ । नेपालको औषत तथ्याङ्कभन्दा इलाममा कमलाई कोलस्ट्रोलको समस्या भए पनि ग्रामीण क्षेत्रमा यो समस्याकै रूपमा रहेको छ । रगतमा चिल्लो पदार्थ धेरै हुँदा हृदयघात, मस्तिष्कघात र पक्षघातको समस्या हुने गरेको चिकित्सकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण