मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सप्तरीमा हात्तीले स्कुल तोड्यो

आइतबार, २७ मङ्सिर २०७२, ११ : १८
आइतबार, २७ मङ्सिर २०७२

सप्तरी–कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको एक हात्तीले सप्तरीको जोगिनियाँ गाविसमा रहेको एउटा बोर्डिङ स्कुलमा शनिबार तोडफोड गरेको छ ।

एकाक्सि कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले जोगिनियाँ गाविस– ९ (हाल हनुमाननगर जोगनिमाई नगरपालिका– १) सकरदहीमा रहेको शेखर बोर्डिङ स्कुलमा तोडफोड गरेको स्थानीयवासी लाल माझीले बताए ।

स्कुलको भित्तामा हात्तीले आक्रमण गर्दा स्कुलमा क्षति पुगेको बताइएको छ । साथै गाउँमा एक्कासि हात्ती पसेको देखेपछि स्थानीयवासी त्रसित भएका थिए । गाउँ पसेको हात्तीलाई स्थानीयवासीले लखेटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप