मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा पर्वतारोही शेर्पाको स्वास्थ्यलाभको कामना

आइतबार, २७ मङ्सिर २०७२, ११ : ४६
आइतबार, २७ मङ्सिर २०७२

काठमाडौँ– क्यान्सरले थलिएर उपचाररत सगरमाथा आरोही वाङ्छु शेर्पालाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाभको कामना गरेका छन् ।

ललितपुरको हरिसिद्धिस्थित हरिसिद्धी अस्पतालमा शनिबार पुगेर प्रधानमन्त्री ओलीले त्यहाँ उपचार गराइरहेका शेर्पालाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

सतचालीस वर्षीय शेर्पा ठूलो आन्द्रामा क्यान्सर भएर उपचाररत छन् । तीन पटक सगरमाथा आरोहण गरेका शेर्पा सगरमाथा आरोही सङ्घका संस्थापक अध्यक्ष हुन् । शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा संरक्षण अभियन्ता, २०७२ को उपाधि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप