मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चिसो बढ्यो : विद्यालय दुई महिना बन्द

आइतबार, २७ मङ्सिर २०७२, १२ : ३२
आइतबार, २७ मङ्सिर २०७२

मुस्ताङ–हिमाली जिल्ला मुस्ताङमा चिसो बढेसँगै विद्यालयहरुले पठनपाठन बन्द गराएका छन् ।

उपल्लो मुस्ताङका छ गाविसमा सञ्चालित विद्यालयले भने कास्कीको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरिरहेका छन् । चिसोसँगै विद्यार्थी विद्यालय जान र अध्ययन गर्न नसक्ने अवस्था सिर्जना हुन थालेपछि यही मङ्सिर २५ गतेदेखि जिल्लाभर सञ्चालित विद्यालयको पठनपाठन बन्द भएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिए । उनका अनुसार, पुस र माघ महिना पठनपाठन नहुने गरी विद्यालय बन्द भएका हुन् ।

पछिल्लो एक हप्तामा जिल्लामा अत्यधिक चिसो बढेको छ । सदरमुकाम जोमसोम लगायत क्षेत्रमा सर्वसाधारण आगो तापेर बस्न बाध्य भइरहेका छन् । “यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्न कठिन छ, हरेक वर्ष हामीले दुई महिना हिउँदे बिदा दिने गरेका छौँ”, न्यौपानेले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप