‘भूकम्पपछि नेपालका बालबालिकाको आवाज’ प्रतिवेदन सार्वजनिक
आइतबार, २७ मङ्सिर २०७२, १३ : २४
गोरखा–‘भूकम्पपछि नेपालका बालबालिकाको आवाज’ नामक प्रतिवेदन आज यहाँ सार्वजानिक गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेसनलले युनिसेफ, प्लान नेपाल र सेभ द चिल्ड्रनसँगको साझेदारीमा तयार गरेको ‘गोरखा भूकम्प’पछि अहिलेसम्मको अवस्थाबारेको प्रतिवेदनको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले लोकार्पण गरे ।
प्रतिवेदनमा भूकम्प प्रभावित नेपालका १६ जिल्लाका बालबालिकाको अवस्थाबारे उल्लेख छ । बढ्दो चिसोबाट जोगाउन न्यानो कपडाको पर्खाइमा भूकम्पपीडित बालबालिका रहेको जनाउँदै प्रतिवेदनले उल्लेख गरेको छ–“दुःख, कष्ट झेलेर अधिकांश भूकम्पपीडितले पढ्दै आएका छन् ।”
कार्यक्रममा वल्र्ड भिजनको सहयोगमा भवानी उमावि ठाँटीपोखरीका बालबालिकाले ‘भूकम्प र राहत वितरणमा भएको अनियमितता’बारे नाटक प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण