दाङमा दुईको मृत्यु
आइतबार, २७ मङ्सिर २०७२, १३ : २७
दाङ–तुलसीपुर नगरपालिका– १८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गए राति हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको बताए ।
अज्ञात समूह वा व्यक्तिले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । चौधरीको घरदेखि चार सय मिको दूरीमा शव फेला परेको थियो । शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।
यसैबीच रामपुर गाविसमा अर्का एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता धनबहादुर कठायतका अनुसार अन्दाजी ३४ वर्षीय पुरुषको शव नालीमा फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण