भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि
कञ्चनपुर–भारतीय वन विभागले दक्षिण भेगको परासनस्थित बीचफाँटामा दशगजा मिचेर बाँध बनाएको पुष्टि भएको छ ।
शनिबार अबेर बाँध निर्माणस्थल पुगेको प्रजिअ मनोहरप्रसाद अर्यालसहितको सरकारी टोलीले दशगजा मिचेर भारतीय पक्षले मनोमानी रुपमा बाँध निर्माण थालेको जनाएको छ । नेपाली प्रशासनसँग सहमति नलिई भारतीय दुधवा निकुञ्जको सुरक्षार्थ खटिएको लखिकपुर जिल्लास्थित क्यामा वन चौकीका कर्मचारीले दुई मि दशगजा मिचेर बाँध बनाएका हुन् ।
पुनर्बास नगरपालिका–१ बीचफाँटामा पर्ने नेपाल–भारत सीमास्तम्भ १९१ देखि १९४ सम्मको तीन किमी लम्बाइमा भारतीय वन विभागले मनोमानी रुपले दशगजा मिचेको हो । भारतीय पक्षले दशगजा मिचेर करिब १.६७ मि उचाइको तीन किमी लामो बाँध बनाएको प्रजिअ अर्यालले बताए । नेपाली पक्षसँग सहमति र जानकारी नदिई भारतीय वनकर्मीले बनाएको बाँधका विषयमा आफूले मन्त्रालयमा जानकारी गराउने र भारतीय अधिकारीसँग हुने बैठकमा कुरा गरी सच्याउन पहल थाल्ने उहाँले जानकारी दिए । भारतीय पक्षले सो क्षेत्रमा यस अघिदेखि नै बेला बेलामा दशगजा मिच्ने काम गरिरहेको स्थानीय बासिन्दाले अनुगमन टोलीसमक्ष बताएका छन् । भारतले यस क्षेत्रमा सीमा मिचिरहे पनि नेपाली पक्षले चासो नदिएपछि सीमा अतिक्रमण बढिरहेको सीमा बचाऊ समितिका दीनबन्धु अर्यालले बताए । टोलीमा जिल्ला वन कार्यालयका अधिकृत शिवप्रसाद शर्मा, प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पनेरु सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण