मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

डाबर नेपालका ९० कन्टेनर अख्तियारको कब्जामा, फ्याक्ट्रीमा पनि पुग्यो टोली

आइतबार, २७ मङ्सिर २०७२, १३ : ४३
आइतबार, २७ मङ्सिर २०७२

वीरगज–अख्तियार दुरपयोग अनुसन्धान आयोगले म्याद सकिएका जुस निर्यात गर्न थालेको सूचनाका आधारमा डाबर नेपालका कन्टेनरमाथि चेकजाँच थालेको छ । वीरगंजको सुख्खाबन्दरगाहमा ९० वटा रियल जुस बोकेका कन्टेनरमाथि जाँच भैरहेको छ । काठमाडौंबाट गएको प्रहरी नायव उपरीक्षक हिमालय श्रेष्ठको नेतृत्वको टोलीले जाँच शुरु गरेको हो । म्याद सकिएको जुस भारत पठाउन थालिएको सूचनाका आधारमा जाँच भैरहेको जाँचमा सहभागी प्रहरी अधिकारीहरुले बताएका छन् ।

अख्तियारलाई २४ वटा कन्टेरनमा म्याद सकिएको जुस रहेको सूचना आएको थियो । त्यसैबीच प्रहरी नीरिक्षक ढुण्डीराज न्यौपाने नेतृत्वको टोलीले बाराको रामपुर टोकनीमा रहेको डावर नेपालको फ्याक्ट्रीमा समेत छापा मारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप