नेपालमा उत्पादित तेल ८० प्रतिशत युरोपका विभिन्न मुलुकमा समेत निर्यात
आइतबार, २७ मङ्सिर २०७२, १३ : ५७
कलैया–बाराको सपही–३स्थित जुडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तामागढी शाखाबाट उत्पादीत सुगन्धित तेल ८० प्रतिशत युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ ।
विसं २०३८ मा स्थापना भएको उक्त कम्पनीको ३५० बिघा जग्गामा सिट्रोनेला, लेभन, ग्रास, पासारोजा, मेन्था, क्यामोमाइल, फेन्चब्रेसिल र युक्लिट्टा जातको जडीबुटी खेती गरिएको छ । कम्पनीले रु तीन करोड ८७ लाखबराबरको १३ हजार ४३० किलो सुगन्धित तेल उत्पादन गरेको छ ।
धनकुटा सङ्कलन केन्द्रबाट सङ्कलन गरी ल्याएको ७१ हजार १८७ किलो खोटो प्रशोधन गरी उत्पादन भएको रोजिन राम्रो ४७ हजार ४९८ किलो, रोजिन कोला एक हजार १८० किलो र तारवीन तेल ११ हजार २१० लिटर उत्पादन गरिएको कम्पनीका प्रमुख जलरु लालले बताए । कोरा शिलाजीत एकसय किलो प्रशोधन गरी २५५ किलो शुद्ध शिलाजीत समेत उत्पादन गरिएको उनले बताए ।
कम्पनीले सुगन्धित जडीबुटी खेती गर्न ९५० किसानलाई चार सय हेक्टर क्षेत्रफलमा खेतीका लागि आवश्यक बिरुवा उपलब्ध गराएको छ । जिल्लाको सपही, बछनवुवा, मुसहवा, कोल्भी, सखुवा गाविसमा किसानले अन्नबालीसँगै व्यावसायिक रुपमा जडीबुटी खेतीसमेत गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण