‘धौली’ को ट्रेलरमा राखिएका डाईलग यतिबेला हिट (भिडियोसहित)
पोखरा–गाउँले परिवेश, त्यस्तै लवज र चालचलन । करिब एक दशक अगाडिको जस्तो परिवेश लाग्छ । पात्रहरुले लगाउने पहिरन र शैलीले यो कुरा झल्काउँछ । यो प्रदर्शनोम्मुख फिल्म ‘धौली’ को ट्रेलरमा देखिने कुराहरु हुन् ।
यी सबै कुराहरुसँगै ट्रेलरमा राखिएका गहकिला डाईलग यतिबेला हिट भएको छ । दर्शकले फिल्मको ट्रेलरलाई खुब रुचाएको यसको निर्माण पक्षले दाबी गरेको छ । युट्यबमा पनि दर्शकहरुले ट्रेलरलाई निकै उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । ‘आफ्नो परिवेश र शैली सबैलाई मन पर्ने कुरा हो ।’ फिल्म धौलीका निर्देशक घनश्याम लामिछानेले भने–‘ट्रेलरमा सबै कुरा समेट्न सकिँदैन । यो हिसाबले अहिले दर्शकबाट आइरहेको प्रतिक्रियाले फिल्म चल्छ भन्ने कुरामा हाम्रो टिम ढुक्क छ ।’
ट्रेलरभन्दा फिल्म अझै राम्रो भएको लामिछानेले बताए । ट्रेलरमा कान्छो चरित्र (विष्णु गौतम) र धौली चरित्र (गीता अधिकारी)बीचको संवादलाई दर्शकले बढि रुचाएका छन् । पुसको १० गतेदेखि मोफसलका शहर र १७ गतेदेखि काठमाडौँका हलहरुमा लाग्ने यो फिल्मलाई वितरकहरुले पनि राम्रो व्यापार गर्न सक्ने भनेका छन् । काठमाडौँमा पपकर्न र मोफसलमा एफडी कम्पनीले यो फिल्मको वितरण जिम्मा लिएको छ ।
त्यस्तै धौलीको गीत ‘भाँजो हाल्यो पिरतीले’ पनि युट्यबमा दर्शकको राम्रो साथ पाएको छ । यो गीतलाई धेरैले राम्रो भनेर प्रतिक्रिया दिएका छन् । ईन्टरटेनमेन्ट ब्याण्डले बनाएको यो गीत सँगै फिल्ममा समावेश अन्य गीतको प्रतिक्रिया पनि राम्रो आएको निर्माणपक्षले जनाएको छ ।
स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा करिब ६० लाख रुपैयाँ लगानीमा निर्माण भएको यो फिल्ममा दलित महिला र ब्राह्मण युवाबीचको प्रेम सम्बन्ध देखाउन खोजिएको छ । फिल्ममा गीता अधिकारी, विष्णु गौतम, गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, शम्भु थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मको कथा सन्तोषकुमार आत्रेयले लेखेका हुन् ।
शम्भु थापाको प्रस्तुतीमा बनेको यो फिल्ममा किरणकुमार आत्रेय नरबहादुर गोदार, सन्तोषकुमार आत्रेय लगाएतले लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण