विप्लव माओवादीद्वारा ११ रोपनी जग्गा कब्जा
सल्यान– विप्लव नेतृत्वको नेकपा माओवादीले सल्यान भल्चौरमा ११ रोपनी जग्गा कब्जा गरेको छ । भल्चौर गाउँ विकास समिति वडा नम्बर–६ मसिनाका रुन्चे बुढाथोकीको जग्गा कब्जा गरेको हो ।
स्थानीय रुन्चे बुढाथोकी बेपत्ता भएको मौका पारी छिमेकी धन बहादुर थापाले भोकचलन गर्दै आइरहेको जमिन कब्जा गरिएको नेकपा माओवादी सल्यानका सेक्रेटरी डिल्लीराज शर्मा विश्वले जानकारी दिए । उनले भने, ‘रुन्चे बुढाथोकी बेपत्ता भएको पनि उनको नाममा रहेको जग्गा जालसाँची गरी मालपोत कार्यलयमा पास गरी भोकचलन गरिरहेको अवस्थामा हामीले कब्जा गरेका हौं ।’
अर्काको जमिन जालसाँची गरी पास गरी भोकचलन गरीरहँदा स्थानीयसमेतले विरोध गर्दै आइरहेका थिए । स्थानीयहरुको भनाईलाई ध्यानमा राख्दै जमिन कब्जा गरिएको शर्माको भनाई रहेको छ । घटनामा संलग्न स्थानीय निकाय र मालपोतका कर्मचारीको मिलेमतोका कारण भएको उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने सेक्रेटरी विश्वले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण