मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मोटरसाइकल ठोकिँदा एकको मृत्यु

आइतबार, २७ मङ्सिर २०७२, १४ : ४६
आइतबार, २७ मङ्सिर २०७२

विराटनगर–मोरङमा गए राति दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा झापाका हरिप्रसाद खनालको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बेलवारी–३ स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को११प ४७४३ नंको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको मे३प ६०५ नंको मोटरसाइकलले ठक्कर खाँदा पछिल्लो मोटरसाइकलका चालक धुलाबारी बस्ने ५३ वर्षीय खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सोही मोटरसाइकलको पछाडिमा बसेकी नाम नखुलेकी महिलालाई गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । अर्का मोटरसाइकलका चालक तेह्रथुम, जिरिखिम्ती–८ बस्ने यादवमणि दाहाल सामान्य घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप