मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भूकम्पपीडितको विषय एमाओवादी केन्द्रीय समितिमा प्रवेश गर्यो : गृहमन्त्रीमाथि राजीनामा दिन दवाव बढ्दै

आइतबार, २७ मङ्सिर २०७२, १६ : ०४
आइतबार, २७ मङ्सिर २०७२

काठमाडौं – भुकम्पपीडितका नाममा आफ्ना नातेदारसहितको टोली गृह मन्त्री शक्ति बस्नेतले चीन पठाइएको विषय एकीकृत माओवादीको केन्द्रीय समिति वैठकमा प्रवेश गरेको छ । आइतवारकेन्द्रीय समिति वैठकमा बोल्दै नेतारुले एजेन्डा बनाउन माग गरेपछि यो विषय केन्द्रीय समितिमा प्रवेश गरेको हो । वैठकमा प्रचण्ड प्रवेश गरेपछि केन्द्रीय सदस्य हेमराज भण्डारीले सार्वजनिक महत्वका विषय भएकाले यसवारे छलफल गर्न माग गरेका थिए । ‘गृहमन्त्रीको नाम जोडिएर भुकम्पपीडितको कोटामा चीन गएका टोलीवारे गंभीर बहस शुरु भएको छ । यो सार्वजनिक विषय र सार्वजनिक नैतिकताको विषय भएकाले केन्द्रीय समितिमा एजेन्डा बनाएरछलफल गर्नुपर्छ ।’ वैठकको ध्यानाकर्षण गराउँदै भण्डारीले भनेको उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

भण्डारीले यस्तो माग गरेलगत्तै प्रचण्डले यो विषयलाई एजेन्डा बनाइने जानकारी दिए । प्रचण्डले आइतवार संसद वैठक र मधेशी मोर्चासँग वार्ता रहेको भन्दै सोमवारबाट यो विषयमा छलफल थाल्ने बताएका छन् । सोमवार पार्टीका तर्फबाट सवै मन्त्री राखेर यो विषयमा छलफल गराउने प्रचण्डको तयारी छ । यस अघि शनिवारको स्थायी समिति वैठकमा नेता गोपाल किरातीले गृहमन्त्री शक्ति बस्नेतको राजीनामा मागेका थिए । स्रोतका अनुसार केन्द्रीय समिति वैठकमा गृहमन्त्रीको राजीनामा माग्ने तयारी छ । ‘गृहमन्त्रीको आफै राजीनामा आए राम्रो, नआए पार्टीले सरकारबाट उहाँलाई फिर्ता गराउनुपर्छ भन्ने माग उठछ’ एक केन्द्रीय सदस्यले भने, ‘सोमवारको वैठकमा यस विषयमा कुराकानी हुन्छ ।’ त्यसैगरि वैठकमा नेता गंगा काकीले व्यङ्गात्मक तरिकाले हमला गरे ।‘ पार्टीमा सर्वहार संस्कृतिका धज्जी उडयो । वैज्ञानिकले चन्द्रमामा पानी भेटियो भनेका छन् । त्यहाँ पनि घरभडेरी किन्न पहिला माओवादी नेता नै पुग्छन होला ।’ उनले भने । नेता खगराज भट्टलेपनि नेतृत्वको आलोचना गरे । उनले ‘कम निष्टा भएको कम्युनिष्ट, भेटेजति खाने सर्वहारा, कार चढेर वाईवाई गर्ने कारवाहीको शैली पार्टीमा आयो’ भन्दै सवैलाई हसाएका थिए । उनले फाटेको मन कसरी टाल्ने भनेर पनि प्रश्न राखेका थिए । नेता सशी श्रेष्ठले नेतृत्वले आफु घेराबन्दीमा परेको तर्फसंकेत गर्दै उनले भनिन्, ‘अनि किन घेराबन्दीमा परेको त ?’ सामन्य प्रशासन मन्त्री रेखा शर्माले प्राविधिक कारणले आफ्नो उचाई नघटाउन मन्त्रीहरुलाई आग्रह गरिन । उनले सरकारमा गएकाले भूमिकाले नै पार्टीको इन्जत रहने भन्दै राम्रोकाम गर्न नसके सरकारमा बस्नुको औचित्य नुहँने बताइन् । वैठक सोमवार पुन बस्दैछ ।

पार्टी वैठकमा एमाओवादीका मन्त्रीहरुले यसरी दिए बयान, गोपाल किरातीले मन्त्री हेरफेरको माग गरे

बनमन्त्रीले आफुलाई दाउरा नदिएको एमाओवादी नेता गोपाल किरातीको दुखेसो

दुई-चार मन्त्री र पाँच-सात नेतालाई कारबाही नगरेसम्म पार्टी सुध्रिँदैन : मन्त्री गजुरेल 

एमाओवादी बैठकमा गुनासो : एमाले खत्तम भनेर आईयो, यहाँपनि को कताबाट भन्न थाले 

लिनप्यावोवादको आरोप लगाउँदै गोपाल किरातीले गृहमन्त्रीको राजीनामा मागे 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप