मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पेस्तोलसहित युवक पक्राउ

आइतबार, २७ मङ्सिर २०७२, १६ : १७
आइतबार, २७ मङ्सिर २०७२

धनुषा–धनुषाको ठेराकचुरीबाट आज बिहान अत्याधुनिक पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीले जनकपुर–धनुषाधाम सडकखण्डको ठेरामा सवारी जाँचको क्रममा ठेरा घर भएका ३१ वर्षीय विजय यादवलाई पक्राउ गरेको हो ।

धनुषाधामबाट जनकपुरतर्फ आउँदै गरेका यादवबाट एक थान अत्याधुनिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप