संविधान राम्रो छ भन्ने कुराको प्रतिफल व्यवहारबाट पाउनुपर्छ : मन्त्री राई
काठमाडौँ–सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले संविधान राम्रो छ भन्ने कुराको प्रत्याभूति जनतालाई सेवा प्रवाहका माध्यमबाट गराइनुपर्ने बताएका छन् ।
मन्त्रालय र सोअन्तर्गतका विभागीय प्रमुख बीचमा भएको मन्त्रालयको दुई वर्षीय कार्ययोजनासम्बन्धी छलफल कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री राईले “जनताले संविधान राम्रो छ भन्ने कुराको प्रतिफल व्यवहारबाट पाउनुपर्छ, संविधानको पाना पल्टाएर होइन, यसो गर्न सकिए मात्र राष्ट्रिय भावनाको जग बलियो हुन्छ”–भने ।
सार्वजनिक सेवासुविधालाई छिटो र सरल ढङ्गबाट जनतामा पु¥याएर नयाँ संविधानले व्यवस्था गरेका प्रावधान बुझाउन सरकारले दुई वर्षीय कार्ययोजना ल्याएको हो । “यसलाई सरोकारवाला निकायले छिटो कार्यान्वयनमा लैजानुपर्छ, यो कार्ययोजना मन्त्रिपरिषद्को बैठकले हालै पारित गरेको हो” सरकारका प्रवक्ता राईले भने । सम्बन्धित कार्यालयलाई तोकिएकै समयमा कार्ययोजनामा उल्लेख गरिएका काम सम्पन्न गर्नका लागि जनशक्ति परिचालन गर्न पनि उनले निर्देशन दिए ।
सचिव सुनिलबहादुर मल्लले कार्ययोजनामा समावेश भएका कार्यक्रम समयमा सम्पन्न गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए । सहसचिव कविराज खनालले मन्त्रालय अन्तर्गतका निकायको कार्ययोजनामा छुटेका विषयलाई क्रमशः समावेश गरी कार्यान्वयनमा लगिने बताए । उपसचिव देवी शर्माले मन्त्रालय र अन्तर्गतका निकायका दुई वर्षीय कार्ययोजनामा समावेश भएका विषयका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले विराटनगरबाट चालु आवको असार मसान्तसम्म क्षेत्रीय संस्करण प्रकाशन गर्न सकिने र नवलपरासीमा संस्थानले प्रक्रिया अगाडि बढाएको जग्गा भोगाधिकारमा पाएमा सोही समयमा क्षेत्रीय संस्करण प्रकाशन गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण