मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रौतहट प्रहरी उपरिक्षक गणेश रेग्मीलाई विद्यावारिधि

आइतबार, २७ मङ्सिर २०७२, १६ : ३६
आइतबार, २७ मङ्सिर २०७२

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक गणेश रेग्मीले विद्यावारिधि हासिल गरेका छन् ।

त्रिविले गत शुक्रबार उनलाई ‘आधुनिक समाजमा शान्तिसुरक्षा कायम राख्न नेपाल प्रहरीका चुनौती’ शीर्षक विद्यावारिधिको उपाधि दिएको हो ।

उनी त्रिविबाट कानुनमा विद्यावारिधि गर्ने १६औँ व्यक्ति भएको कानुन सङ्काय डिनको कार्यालयले जनाएको छ । नेपाल ल क्याम्पसबाट २०४९ सालमा बिएल गरेर प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश पाएका रेग्मीले यसअघि एमए राजनीति शास्त्र र एलएलएम महिला न्याय र मानव अधिकार गरी दुई बिषयमा स्नातक गरिसकेका छन ।

उनी प्रहरी कार्य, न्याय, अपराध, अनुसन्धान क्षेत्रमा स्रोत व्यक्तिका रुपमा समेत कार्य सम्हाल्दै जिल्ला प्रहरी कार्यालय दोलखा र धादिङको प्रमुख रहिसकेका छन् । उनी पुर्व युगोस्लाभिया, लाइबेरिया, सुडानडार्फर, गरी तीनवटा शान्ति मिशनमा संयुक्त राष्ट्रसंघको लागि कार्यरत रहिसकेका तथा राष्ट्रसंघको अन्तर्राष्ट्रिय टे«नरको रुपमा कार्यरत रही विभिन्न देशका प्रहरी कर्मचारीलाई मानव अधिकार, मानवीय कानुन, न्याय, अपराध अनुसन्धान क्षेत्रमा अध्यापन समेत गराइसकेका छन् । एसपी गणेश रेग्मी विभिन्न पत्र–पत्रिकामा लेख, रचनाहरु लेख्दै साझा प्रकाशनबाट समानता कथा संग्रह समेत प्रकाशित गरिसकेका छन् ।

उनी प्रहरीका व्यवसायीक तथा साहित्यिक लेखकको रुपमा पुरस्कृत समेत भइसकेका छन् । प्रहरी कर्मचारीबाट कानुनतर्फ विद्यावारिधि गर्ने रेग्मी पहिलो व्यक्ति हुन् । स्याङ्जा जिल्ला घरभई उनी केही दिन अघिमात्र जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यभार सम्हालेका थिए । संयुक्त मधेशी मोर्चाद्धारा जारी आमहड्तालपछि सुस्ताएका जिल्लाका प्रहरी प्रशासन उनको उपस्थितिपछि सक्रिय देखिएका छन् ।

गत १५ गते जिल्लामा प्रमुखको रुपमा कार्यभार सम्हालेपछि मात्र १२ दिनको अवधिमा प्रहरीले ठूलै उपलब्धी हातपार्न सफल भएको छ । उक्त सानो अवधिमा एमाओवादीका भोजपुरा राज्यसमिती सदस्य राकेश साहलाई नौ एमएमको पेस्तोल, कर्कर्चकमैयौ–८ का रामानन्द गिरीलाई पेस्तोलसहित प्रहरीले प्रक्राउ गरेको थियो ।

त्यसैगरी तीन वर्षीया नाबालिकाका बलात्कारी एकजना, लाटी महिलाका बलात्कारी दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी प्रहरीले चारजना तस्कर, एक ट्याक्टर, तीन थान तस्करीमा प्रयोग भएको मोटरसाइकल र एकलाख ५० हजार बराबरको तस्करीका सामान बरामद गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप