मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

१९ जना गुल्मेली नासुमा सिफारिस, परराष्ट्रको ५ मध्ये २ गुल्मेली

सोमबार, २८ मङ्सिर २०७२, ०८ : १४
सोमबार, २८ मङ्सिर २०७२
लोक सेवा आयोगले सार्वजनिक गरेको नायव सुव्वाको नतिजामा पराराष्ट्र अन्तर्गतका ५ मध्ये २ जना गुल्मेली सिफारीस भएका छन् । आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालयले सोमबार राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायव सुव्वाको नतिजा सार्वजनिक गरेको हो । सिफारीस हुनेहरुमा अर्खले ७ कि गिता घिमीरे र ईश्मारजस्थल ४ का अर्जुन अधिकारी रहेको लोकसेवा आयोगले जनाएको छ । उनीहरु दुवैजनाले खुल्लातर्फ क्रमशः २ र ३ नम्बरमा नाम निकालेका हुन् । परराष्ट्रतर्फ खुल्ला एक नम्बरमा नवलपरासिका प्रदिपसागर गिरी, आदिवासी जनजातीतर्फ रुकुमका झुपलाल पुन र मधेशीमा सिराहाका किशोरमणी यादव रहेका छन् । त्यसैगरी आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालयले प्रशासन, लेखापरीक्षण र न्यायतर्फको नतिजा पनि सार्वजनिक गरेको छ । खुल्लातर्फ १ सय ८, महिलामा ३१, आदिवासी जनजातीमा २५, मधेशीमा २०, दलितमा ८, अपाङ्गमा ३ र पिछडिएको क्षेत्रमा ५ गरी २ सय जनाको सिफारीस गरेको हो । यसरी सिफारीस हुनेहरुमा खुल्लातर्फ बलेटक्सारका राजु ज्ञवाली, सिमिचौरका लोकमणी पाण्डे, रुपाकोटका सुरेन्द्र भण्डारी, छापहिलेका लोकनाथ अर्याल, घमिरका सुमन पन्थी, हस्तीचौरका नेत्र बहादुर कुँवर, अर्खलेका प्रदिप खनाल, घमिरका दिपक प्रसाद पन्थी, अर्जेका विनोद अर्याल, हस्तीचौरका अर्जुन पन्थी, भनभनेका योगेश पन्थी, घमिरका राम प्रसाद घिमीरे रहेका छन् । त्यसैगरी महिलातर्फ घमिरका लक्ष्मीपन्थी, भनभनेका अमृता पन्थी, बाँझकटेरीका गीता श्रीस, धुर्कोट रजस्थलका सिता घिमीरे भण्डारी रहेका छन् । जनजातीतर्फ पौँदी अमराईका शान्ति गुरुङ्ग रहेका छन् । विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस http://www.psc.gov.np/uploads/201512131450038250.pdf

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप