मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रियलको उपाधि होडमा धक्का

सोमबार, २८ मङ्सिर २०७२, ०८ : १४
सोमबार, २८ मङ्सिर २०७२

भिल्लेरियाल - पाएका अवसरहरुको सदुपयोग गर्न नसक्दा रियल म्याड्रिड भिल्लेरियालसँग पराजित भएको छ । आइतबार राती सम्पन्न खेलमा रियल १—० गोल अन्तरले पराजित भएको हो । पराजयसँग रियल स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोना र एथ्लेटिको म्याड्रिडसँग ५ अंकले पछि परेको छ । रियल खेलको ८ औं मिनेटमा नै पछि परेको थियो । सेड्रिक बाकाम्बुको पासमा रोबर्टो सोल्डाडोले गोल गर्दै भिल्लेरियाललाई अग्रता दिलाए । रियलले भिल्लेरियालमाथि दबाब राख्दै उसको पोस्टमा प्रहार गरे पनि कुनै सफल हुन सकेन । क्रिस्टियानो रोनाल्डोको प्रहार पनि पोस्टको बाहिर गएको थियो । बार्सिलोना लगातार दुई खेलमा बराबरीमा रोकिएपछि रियललाई शीर्ष स्थानको दुरि घटाउने अवसर थियो । गत एल क्लासिकोमा बार्सिलोनासँग पराजित भएपछि रियलले त्यसपछिका ५ खेल जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप