मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकामा नेपालीलाई यसरी कुर्सीको नसा लागेपछि ?

सोमबार, २८ मङ्सिर २०७२, १० : ५४
सोमबार, २८ मङ्सिर २०७२

वाशिंगटन डिसी– कलि युगमा कुर्सी प्राणप्यारी धर्म पत्नी तथा जन्म दिने आमाभन्दा पनि प्यारो हुन् थालेको छ । स्वदेश या विदेश जहाँ भएपनि यसले मोहनी लगाएको छ । कुर्सीले हामीलाई अन्धो पनि बनाउँछ । इतिहास भुल्छौं । इतिहास हेर्ने बानी नगर्नाले धेरै चुक्दछौ । यस्तै चुक्ने क्रममा नेपाली समुदायको लागि अमेरिकनहरुले स्थापना गरिदिएका उत्तर अमेरिकाको सबैभन्दा जेठो अमेरिका नेपाल सोसाईटीमा अमेरिकन मुलका नागरिक पनि पदाधिकारी हुनबाट बन्चित हुन् पुगेका छन् । गैर मुनाफा सामाजिक संस्थामा ज्यादा राजनीतिकरण भएको कारण उनीहरुको सहभागिता समाप्त जस्तै भएको देखिएको छ ।

१९६७ मा स्थापना भएको उत्तर अमेरिकाकै जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी वाशिंगटन डिसीमा १९६७ देखि १९९८ सम्म पनि अमेरिकन मुलबासीहरुको समितिमा निरन्तरता थियो । यो क्रम जारी रहेपनि २००८ देखिको नेतृत्वपछि अमेरिकन मुलबासीहरु पूर्ण रुपमा किनारा लागेका छन् । स्थापना कालदेखि २००८ सम्म पनि २-४ वटा पद उनीहरुका लागि आरक्षित हुन्थे । तर, त्यो क्रम २००८ देखि भंग भयो ।

भियतनाम युद्धमा यस्का संस्थापक मानार्थ सभापति हुँदा अमेरिकामा स्थापना गरिदिएको संस्थामा आज अमेरिकनहरु उठिबास लागेका छन् । उनीहरुलाई शिला खोज्नुपर्ने अवस्था भएको छ । सामाजिक संस्थामा पनि हामीलाई मात्र पद चाहिएको हो त रु अमेरिकनहरुको सहभागिता दुर्लभ हुनुको साथै समितिमा खडेरी लागेको अवस्था छ ।

यसको उत्तम जवाफ अध्यक्ष, पूर्व अध्यक्ष तथा पदाधिकारी बाट निस्कने हुनाले ३ वटा प्रश्न राखियो । पहिलो : के अमेरिका नेपाल सोसाइटीको कुर्सी हाम्रो लागि मात्र हो त रु के कारण उनीहरु क्रमश पुरै हराएका हुन् ?

दोस्रो : हामीलाई नेपालमा भन्दा ज्यादा अमेरिकामा राजनीति लागेकोले उनीहरुलाई किनारा लगाईएको हो कि रु को जिम्मेबार हुन्छ रु व्यक्ति या समुदाय भन्ने राखिएको थियो । तेस्रो : आगामी दिनमा अमेरिकन मुलकालाई नेतृत्व दिने र यसमा पहल गरे समाजमा अमेरिका नेपाल सोसाइटी को कस्तो छबि बन्छ भन्ने राखियो ।

यस्तो छ अमेरिका नेपाल सोसाइटीमा अमेरिकनहरुको इतिहास : १९६७ जनवरी १९ मा वाशिंगटन डिसीमा स्थापना अमेरिकन मुलबासी संस्थापक भइ १ सय २५ जना सदस्यले १९६७ मा विधान पारित गरेका थिए । नेपालका लागि राजदुत एल्सबर्थ बंकर यस्का मानार्थ सभापति थिए भने विलिएम ग्रेसम पहिलो अध्यक्ष बने । १९६७-१९६८ को कार्यकारी समितिमा १३ जना पदाधिकारीमध्ये ११ जना अमेरिकन मुलबासी थिए । यसैगरी १९६८-१९६९ मा बनेको दोस्रो समितिमा ८ जनाको समितिमा अध्यक्षसहित ६ जना अमेरिकन मुलबासी थिए । यसै गरि १९६९-१९७० को कार्यकारी समितिमा ६ जना अमेरिकन मुलबासी र केवल १ जना मात्र नेपाली मुलका पदाधिकारी रहेका थिए ।

१९७०-१९७१ मा ५ जनाको समितिमा ४ जना अमेरिकन मुलबासीको नेतृत्वमा रहेको थियो भने १९७४ -१९७५ मा नेपाली मुलका प्रद्युम्न राणा पहिलो सभापति बन्ने अवसर पाए तर पनि यिनले ५ जना बिदेशीलाई नै समितिमा राखेका थिए । त्यसको २-४ बर्ष नेपाली मुलका सभापति भए पनि उनीहरुलाई नेतृत्व प्रदान गर्नु पर्छ भनि १९७७ -१९७९ सम्म बिदेशीलाई दिईएको थियो ।

अमेरिकन मुलका मार्क फ्री म्यान अन्तिम अमेरिकन मुलका १९९७ -१९९८ का लागि अध्यक्ष बने पछि पनि २-४ जना सदैब समितिमा राख्ने प्रयास गरियो । यो क्रम २००४ -२००८ सम्मका अध्यक्ष बनेका प्रेम संग्रौला पछि पूर्ण रुपमा अमेरिकन मुलका नागरिकलाई पूर्ण रुपमा ढोका बन्द गरियो । २००८-२०१० सम्म अध्यक्ष बनेका खेम भट्टचन तथा बिष्णु कुमारी थापाको कार्यकाल देखि एक जना पनि बिदेशीलाई पदाधिकारी बनाउन २०१६ को संघार संग पुग्दा पनि सकिने अवस्था छैन ।

किन अमेरिकनहरु किनारा लागे ? २००८ देखि डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व बिज गणतीय हिसाबमा वृद्धि भयो । एक भन्दा ज्यादा उम्मेदवारी भए पछि चुनावी मैदानमा खेमा ,राजनीति ,गुट ,उपगुट ,समुह र उप समुहमा विभाजित हुन् पुगेकोले उनीहरु बिलाए । नाम निशाना हरायो । पूर्व अध्यक्ष मालाकार र अन्य अध्यक्षले अमेरिकनलाई समाबेश गराउनु पर्छ भनि २०१० मा सुझाब दिएका थिए िनिर्वाचन पश्च्यात भाषण मै पहिले अमेरिकनहरुको भिड हुने संस्थामा एउटा मुसो पनि छैन भनि विचार राखेका थिए । सन् २००८ देखि बिष्णु कुमारी थापा रखेम भट्टचन देखि डा ठाकुर पुडासैनीको निर्वाचन समय सम्म निकै प्रतिस्पर्धा रह्यो । यसरी अमेरिकन मुलबासी समुदायलाई समाबेस गराउन चुके । किनभने चुनाबमा समुह नै निर्वाचित जित्ने होडबाजी चलेको थियो । वर्तमान अध्यक्ष जीवन तिवारी निकै भाग्यशाली रहे किनभने उनीले उम्मेदवारी दिए पछि कसैले अध्यक्ष पदका प्रत्यासी बनेनन् ।

२००८ देखि किन नेपाली मात्र पदाधिकारीमा चयन भएका छन् त ? यस तर्फ कसैको ध्यान गएको देखिदैन िकिनभने २००८ देखिको नेतृत्वले आफ्ना मान्छे र हाम्रा मान्छे भन्ने सोचेको कारण बिदेशी मुलका नागरिक हट्दै गए ।

अमेरिका नेपाल सोसाइटीमा अमेरिकनहरु किन सहभागी हुन्थे ? अमेरिका नेपाल सोसाइटीको कार्यक्रममा अमेरिकनहरु निकै सहभागी हुने गरेको ईतिहासले देखाएको छ । नेपालका लागि राजदुत एल्सबर्थ बंकर को नाम र यस पछिका नेतृत्व प्रदान गर्ने भुत पूर्व अमेरिकनहरुको कारण अन्य अमेरिकनहरु ल्याउथे । र ,२००८ सम्म पनि त्यो क्रम देखिने गर्थ्यो । हाल एक जना पनि पदाधिकारी नभएकोले र नेपाली समुदाय मात्र पदमा रहेकोले यसको प्रभावको कारण यस्तो अवस्था हुन् पुगेको छ । अमेरिकन मुलबासीलाई सहभागी गराउदा र नेतृत्व नै अमेरिकनलाई दिदा कस्तो आमुल परिवर्तन हुन्छ ?

यस्तो छ ईतिहास : ईतिहासले के देखाउछ भने १९७५ पछि ५ बर्ष पछि फेरी बिदेशी नागरिकलाई नेतृत्व प्रदान दिइएको थियो । १९७९ देखि एकै पटक १० बर्ष पछि अमेरिकन मुलका मार्क फ्री म्यान १९९७ -१९९८ सम्म अध्यक्ष बनाईयो । २००८ देखि २०१५ सम्म ८ बर्ष हुदा पनि एउटा पनि अमेरिकन मुलबासी नभएकोले १० बर्ष पछि पुन: अमेरिकन मुलकालाई आगामी दिनमा नेतृत्व दिदा अमेरिका नेपाल सोसाइटीले समाजमा कस्तो संदेश दिन्छ रु एक पटक सबैले यस कुरामा एक पटक मनन ,चिन्तन र सोच्ने कि ?

पूर्व अध्यक्षहरुले यसको लागि पहल गरे कसो होला? पूर्व अध्यक्षहरुले यस बिषयमा छलफल गरे निकास निकाल्न सक्दछन । उनीहरुसंग अमेरिकान मुलका मानिस नजिक छन् । उनीहरु अमेरिकन मुलका मानिसको सहभागी नभएको देख्दा दुखित छन् । बेलाबेलामा दुखेसो पोख्दछन । अध्यक्ष ठाकुर पुडासैनीले सल्लाहकारमा अमेरिकन नागरिक बेन्जामिन डेविस प्राध्यापकलाई सल्लाहकार बनाएका थिए भने वर्तमान अध्यक्ष जीवन तिवारी अमेरिकन राजनीतिको धारमा भएकोले उन्ले पनि अमेरिकन मुलकालाई कार्यक्रममा सहभागी गराउदै आएका । २०१० का अध्यक्ष नागेद्र पौडेलले आफ्नो कार्यकालमा सबैलाई चित्त बुझ्ने बिधान संसोधन गराई उम्मेदवार बन्न चाहन राख्ने लाई अवसर दिलाई दिए ।

सवालको जवाफ र विचार यस्तो पोखे : अध्यक्ष तिवारीले अब नेपाली समुदाय हरेक क्षेत्रमा निकै माथि पुगेका छन् भन्दै उनीहरुलाई सहभागी गराउनु पर्थ्यो भन्ने उत्तर दिए यिदि अहिले कोहि अमेरिकन मुलका नागरिकले नेतृत्व लिन्छु भन्ने प्रस्ताब आए कुर्सि अहिले छोड्ने प्रतिबद्धता जनाए । यसै गरि संस्थाका पूर्व समिति सदस्य तथा संचार कर्मी बिनय अर्यालले हामीले सस्थाको उद्देश्यलाई पालना नगर्नाले र बिदेशी समुदायलाई नेपालीहरुले नै उपेक्षा गरेकाले उनीहरु पाखा लागेको बताए । उनले भने नेपालीहरुलाई बढी पद चाहिएकाले किनारा लगाइएका हुन् त्यसमा जिम्मेवार सस्थाको नेतृत्व गर्ने व्यक्तिले जिम्मेबार हुन्छ भन्दै उनीहरुलाई पनि समितिमा राखेर संगै लिएर जानु पर्छ भन्ने विचार राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप