इलामका भूकम्प प्रभावित विद्यालयलाई साढे २३ करोड बजेट
इलाम– भूकम्प प्रभावित यहाँका १२६ वटा विद्यालयलाई भौतिक निर्माणका लागि जिल्ला शिक्षा कार्यालय इलामले रु साढे २३ करोड बजेट विनियोजन गरेको छ ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट विद्यालय चर्किएर पठनपाठन गराउन नसक्ने स्थितिमा पुगेका विद्यालयमा भवन निर्माणका लागि जिशिकाले रु २३ करोड ५३ लाख बजेट विनियोजन गरेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।
तत्कालका लागि ती विद्यालयमा अस्थायी सिकाइ केन्द्र प्रदान गरिए पनि ती केन्द्र दीर्घकालीन नहुने भएकाले जिशिकाले शिक्षा विभागबाट बजेट माग गरी विद्यालयलाई प्रदान गरेको हो ।
जिशिकाका अनुसार आठकोठे तीनवटा भवन निर्माणका लागि रु ६४ लाख, छकोठे तीनवटा रु ४८ लाख, चारकोठे १३ वटा भवन निर्माणका लागि रु ३२ लाखका दरले बजेट विनियोजन भइसकेको छ । यसैगरी तीनकोठे १६ वटा भवनका लागि रु १९ लाख ५० हजार र दुईकोठे ९१ वटा भवनका लागि रु १३ लाख ५० हजारका दरले विनियोजन भइसकेको छ ।
आठ, छ, चार र तीनकोठे भवन बहुवर्षे योजनाअन्तर्गत र दुईकोठे भवन एकै वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने जिशिकाले जनाएको छ ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले जिल्लाका १५० भन्दा बढी विद्यालयमा क्षति पुगेको थियो । यसपाली विभागबाट आएको भौतिक निर्माणको बजेट भूकम्प प्रभावित विद्यालयलाई मात्र वितरण गरिएको र अब निकासा हुने शौचालय तथा विद्यालय मर्मतको बजेटसमेत भूकम्प प्रभावित विद्यालयलाई नै प्रदान गरिने जिशिअ पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण