भरतपुर अस्पताललाई छ सय श्ययाको बनाइँदै
चितवन– चितवनको भरतपुरमा रहेको सरकारी अस्पताल भरतपुर अस्पताललाई ६०० श्ययाको बनाइने भएको छ । सरकारको ३०० श्यया स्वीकृति पाएको सो अस्पतालले विकास समितिबाट थप ३०० श्यया सञ्चालनको अन्तिम तयारी गरेको छ ।
यसअघि निजी स्रोतबाट १३५ श्यया सञ्चालन हुँदै आएकामा १६५ श्यया थप गरेर ६०० श्यया पु¥याउन लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भूर्तेलले बताए । थप श्यया सञ्चालनका लागि रु ३५ करोडको लागतमा अस्पताल भवन सम्पन्न भइसकेको छ भने रु चार करोड बराबरको थप उपकरण खरिदका लागि टेन्डर स्वीकृत भइसकेको छ ।
सरकारी तवरबाट ८० प्रतिशत र विकास समितिबाट २० प्रतिशत लगानीमा अस्पतालको ए ब्लक भवन सम्पन्न भएको डा भूर्तेलले बताए । एक महिनाभित्रमा उपकरण आइसक्ने बताउँदै उनले माघ १ गतेबाट अस्पताललाई ६०० श्ययाको बनाउने गरी काम भइरहेको उल्लेख गरे । थप श्ययासँगै हाल सञ्चालनमा रहेको नौ श्ययाको सघन उपचार कक्षलाई २८ श्ययामा पु¥याइने छ भने १० श्ययाको पोष्टअपरेटिभलाई १० श्यया थप गरी २० श्यया पु¥याइने छ । सोही भवनमा अत्याधुनिक तवरको ६० श्ययाको मेडिकल वार्ड सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
त्यसैगरी सुविधासम्पन्न २४ वटा क्याविन, छजनाको एकै पटक शल्यक्रिया गर्न सक्ने गरी शल्यक्रिया कक्ष र १५ श्ययाको नवजात शिशु सघन उपचार कक्ष सञ्चालनमा आउने छ ।
अस्पतालमा हालसम्म शिशु सघन उपचार कक्ष नहुँदा धेरै नवजात शिशुको अकालमै ज्यान जाँदै आएको छ भने तीनवटा मात्रै शल्यक्रिया गर्न सकिने हुँदा धेरै बिरामीले लामो समय शल्यक्रियाको पालो पर्खनुपरेको छ ।
थप श्यया सञ्चालनका लागि १५ जना चिकित्सक, ९० जना स्टाफनर्स, ५० जना कार्यालय सहयोगी थप गर्ने तयारीमा रहेको मेडिकल सुपरिटेन्डेन्ड भूर्तेलले बताए ।
सो अस्पतालले चितवन र छिमेकी जिल्लाहरुबाट आउने दुई लाख बिरामीको बर्सेनि उपचार गर्दै आएको छ । जसमध्ये ५० हजारले भर्ना भएर उपचार पाएको अस्पतालले जनाएको छ । अस्पतालले पछिल्लो समय शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । अस्पतालले यस वर्षबाट एमडी र बिएनको पढाइ सुरु गरेको छ भने यसअघि प्रविणता प्रमाणपत्र तहमा नर्सिङ पढाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण