मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

साउदीमा एक नेपालीको ओछ्यानमै मृत्यु

सोमबार, २८ मङ्सिर २०७२, ११ : ४५
सोमबार, २८ मङ्सिर २०७२

साउदी अरब–रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

इलाम जितपुर–६ बरडमाका २७ वर्षीय चित्रबहादुर मगरको हृदयघातका कारण शनिबार सुतेकै अवस्थामा मृत्यु भएको हो । मगर साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम गु्रपमा हेल्परका रुपमा कार्यरत थिए । ड्युटीबाट फर्केर राति खाना खाएर सुतेका मगर बिहान ओछ्यानमै मृत भेटिएको सोही कम्पनीमा कार्यरत मोहन बिएसकेले जानकारी दिए ।

मगर ३१ महिना अघि रोजगारीका लागि साउदी अरब आएका थिए । उनको शव रविकस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । मगरको मृत्युको विषयमा दूतावासलाई जानकारी गराइएको र उनको शव जतिसक्दो छिटो स्वदेश पठाउनका लागि कम्पनीमा पहल भइरहेको बिएसकेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप