इलाममा सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी
इलाम–पूर्वी प्रवेशद्वारका रूपमा रहेको पशुपतिनगरमा विशेषगरी तेस्रो मुलुकबाट प्रवेश गर्ने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ ।
मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको रु ४६ लाखको लागतमा व्यवस्थित सूचना केन्द्र निर्माण गरिएको हो । आव २०६९÷७० देखि सुरू गरिएको सूचना केन्द्र गत भदौमा सम्पन्न गरिएको समितिका लेखा शाखाका प्रमुख सञ्जीव पौडेलले जानकारी दिए ।
पश्चिम बङ्गालबाट आउने र आन्तरिक पर्यटकलाई सहज होस् भनेर सूचना केन्द्र निर्माण गरिएको उनले बताए । पूर्वी पहाडी क्षेत्रका सन्दकपुर, छिन्टापु, तुम्लिङ, कालपोखरीलगायत पर्यटकीयस्थलको अवलोकनका लागि आउने पर्यटकलाई जानकारी लिन सहज होस् भनेर सूचना केन्द्र निर्माण गरिएको हो ।
सूचना केन्द्र निर्माणपछि सञ्चालनको जिम्मेवारी स्थानीयलाई नै दिनेबारे छलफल भइरहेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जनाएको छ । पशुपतिनगर हुँदै धेरै पर्यटक आउने गरेपनि सूचना केन्द्र नहुँदा कति पर्यटक जिल्ला भित्रिए भन्ने यकिन हुन सकेको थिएन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण