जर्मन सरकारद्वारा रु साढे तीन अर्ब सहयोग
काठमाडौँ– जर्मन सरकार भूकम्पपछिको पुनःनिर्माणका लागि ‘पुनःनिर्माण ऋण निगम’मार्फत रु तीन अर्ब ४६ करोड ९३ लाख अनुदान सहयोग गर्न सहमत भएको छ ।
‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा जर्मन सरकारले प्रतिबद्धता गरेअनुसार उक्त सहयोग सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव लोकदर्शन रेग्मी र नेपालका लागि जर्मनीका राजदूत माथियास मायारले हस्ताक्षर गरे । अनुदान सहयोगमध्ये रु दुई अर्ब ८९ करोड वित्तीय सहयोग र रु ५७ करोड ९३ लाख प्राविधिक सहयोग रहेको छ ।
सम्झौता हस्ताक्षरपछि सचिव रेग्मीले नेपालको आर्थिक सामाजिक विकासमा जर्मनी सरकारले गरेको सहयोगको प्रशंसा गर्दै भूकम्पपछि क्षतिग्रस्त भक्तपुरका पुरातात्विक महत्वका पूर्वाधार र विद्यालयको पुनःस्थापनाका सो रकम खर्च गरिने जानकारी गराए । सरकार भूकम्पपछिको पुनःनिर्माणका लागि ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ गठन गर्न गम्भीर रहेको बताउँदै उनले एक साताभित्र प्राधिकरण गठन हुने विश्वास व्यक्त गरे ।
राजदूत मायारले सन् २०१६ देखि सात वर्षसम्म रहने सो योजनाअन्तर्गत भूकम्प प्रभावित गोरखा, रसुवा, दोलखा र रामेछाप जिल्लाका अस्पतालको पुनःनिर्माण र रसुवाको ग्रामीण विद्युतीकरणलगायत विभिन्न पुनःस्थापनाका कार्य गरिने बताए । पुनःनिर्माणका लागि आवश्यक संयन्त्र प्राधिकरण यथाशीघ्र गठन गर्न आवश्यक रहेकामा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण