मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मोबाइलमै फ्री टिभी हेर्ने ‘नेट टिभी नेपाल’

सोमबार, २८ मङ्सिर २०७२, १३ : १७
सोमबार, २८ मङ्सिर २०७२

काठमाडौं–एन्ड्रोइड फोन र आइफोनको लागि ‘फ्रि मोबाइल एप्लिकेसन’ ‘नेट टिभी नेपाल’ सार्बजनिक भएको छ । छिट्टै सेटअप बक्समार्फत नेपालमा आइपीटेलिभिजन (IPTV-Internet Protocol Television Platform)  सेवा सुरु गर्ने क्रममा रहेको नेट टिभीले नेपालका लागि फ्रि(मोबाइल एप्लिकेसन Net TV Nepal सार्बजनिक गरेको हो । सो एपमार्फत प्रयोगकर्ताले विभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरन्जन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन् । ‘नेट टिभी’ एनआईटिभी स्ट्रिम्ज प्रालीको प्रोडक्ट हो ।

छोटो समयमा नै निकै अत्यधिक रुचाइएको यो मोबाइल एप नेपालीहरुले नै नेपालको लागि बिकास गरिएको हो । अबको समय सबै ुइन्टरनेट बेसु भइसक्यो त्यसैले मोबाइल लाई लक्षित गरी नयाँ(नयाँ प्रडक्ट आउने क्रममा छन । जापानमा रहेक न्यु आइटीभेन्चर कर्पोरेसनले नेपालका मेजर इन्टरनेट प्रदायक संस्था संग मिलेर सेटअप बक्स मार्फत छिट्टै सेवा ल्याउँदै छ, यसैको एउटा प्रडक्ट मोबाइलमा टिभी हेर्ने एप नेट टिभी हो ।

नेपाली प्रयोगकर्ता माझ लोकप्रिय बनेको सो एप आइफोन र एन्ड्रोइडमा करिब ६५ हजार डाउनलोड भैसकेको छ । नेट टिभी नेपाल डाउनलोड गरि फेसबुक आइडी, पासवोर्ड प्रयोग गरी फ्री मै सजिलै हेर्न सकिनेछ । नेपाली प्रबिधिको क्षेत्रमा यो टिभी प्लेटफर्मले नयाँ आयाम थपिने कम्पनीले दाबि गरेको छ । ‘नेट टिभी नेपाल’ अहिले कै उच्च पछिल्लो प्रबिधि गुगल क्रोमकाष्ट समेत सपोर्ट गर्ने गरि बनाइएको छ । क्रोमकाष्टमार्फत एपलार्इ सजिलै टिभीमा कनेक्ट गरि मोबाइल हेर्न सकिने कृष्ण अधिकारीले जानकारी दिए ।

For Android सम्बन्धी : थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

For IOS सम्बन्धी : थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप