मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

विषादी प्रयोग नगर्न किसानलाई अनुरोध

सोमबार, २८ मङ्सिर २०७२, १३ : २२
सोमबार, २८ मङ्सिर २०७२

जाजरकोट–यहाँको जिल्ला कृषि विकास कार्यालयले माटोमा उत्पादन क्षमता घट्दै गएको भन्दै विषादी प्रयोग नगर्न किसानलाई अनुरोध गरेको छ । विषादीको प्रयोगका कारण माटोको उत्पादन क्षमता ह्रास आएको र मानिसको स्वास्थ्य प्रत्यक्ष असर पर्ने भएकोले विषादी प्रयोग नगर्न अनुरोध गरेको हो ।

जिल्ला कृषि विकास कार्यालयले विषादी न्यूनीकरणका लागि जिल्लामा एक समन्वय समिति समेत गठन गरेको छ । यसका साथै विषादी न्यूनीकरण सप्ताह, विश्व वातावरण दिवसमा प्रचार–प्रसार, भकारो सुधार कार्यक्रममा जनतालाई अत्यधिक सहभागि गराउने, बाली उपचार शिविर सञ्चालन गर्ने तयारी गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत चित्रवहादुर रोकायले जानकारी दिए । त्यस्तै कृषक पाठशाला, विभिन्न तालिमको आयोजना गरी कृषकलाई विषादीबाट हुने हानीको बारेमा जानकारी गराउने कार्यक्रम तय गरिएको रोकायले जानकारी दिए ।

सवै किसानलाई माटो उपचार शिविरमा ल्याएर आप्नो जग्गाको माटो जाँच गराउन पनि रोकायले आग्रह गरेका छन् । कार्यालयले आयोजना गरेको कृषि मेला प्रर्दशनीमा सहभागि हुन पनि अनुरोध गरिएको छ । विषादी प्रयोग नगरी प्राङगारिक मलको प्रयोग उत्पादन बढाउनुका साथै माटोको उर्वरा बढाउन समेत कृषि कार्यालयले सबै किसानमा अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप