मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य चौकीमा प्रयोग हुने उपकरण बिग्रिदा उपचारमा समस्या

सोमबार, २८ मङ्सिर २०७२, १३ : ३४
सोमबार, २८ मङ्सिर २०७२

कञ्चनपुर–कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–५ पिपलाडीमा रहेको स्वास्थ्य चौकीका उपचारमा प्रयोग हुने उपकरण बिग्रिदा समस्या भएको छ ।

नवजात शिशुको सरसफाइमा प्रयोग हुने ‘सक्सन’ मेसिन र सुत्केरी हुने महिलाको उपचारमा प्रयोग हुने ‘पेरिलाइट’ बिग्रिएपछि उपचारमा समस्या भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयले पठाएको सक्सन मेसिन स्वाथ्य चौकीमा नपुग्दै बिग्रिएको र पेरिलाइटको बल्ब बिग्रिएकाले प्रयोगमा ल्याउन नसकेको स्वास्थ्य चौकीका प्रमुख चेतराज भट्टले बताए ।

“सक्सन मेसिन बिग्रेको पठाएकाले प्रयोगमा ल्याउन सकेका छैनौँ”–उनले भने, “पेरिलाइटको बल्ब यहाँका बजारमा नपाइँदा मर्मत गर्न सकिएको छैन् ।”

स्वचालित सक्सन मेसिन बिग्रिएपछि परम्परागत विधिबाट नवजात शिशुको श्वास नलीमा अड्किएको फोहर डिलेक्स मेसिनको सहायताले मुखले चुसेर फाल्नुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका अनमी कुसुम रानाले बताए ।

“सुत्केरी भएका महिलाको यौनाङ्गमा भएको घाउमा टाँका लगाउन प्रयोग हुने पेरिलाइट बिग्रदा एक जनाले गर्ने कार्य दुई जनाले गर्दै आएका छौँ”–उनले भने, “मोबाइल र टर्चको प्रयोग गरी कार्य गर्नुपर्ने बाध्यता छ ।”

पेरिलाइट दुई वर्ष अघि बिग्रिएको हो । स्वास्थ्य चौकीमा वार्षिक रुपमा दुई सय बढी सुत्केरी महिलाले सेवा लिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप