मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरै पुगेर भारतीय गृहमन्त्रीद्वारा दिलिपकुमारलाई पद्मभूषण प्रदान

सोमबार, २८ मङ्सिर २०७२, १३ : ४५
सोमबार, २८ मङ्सिर २०७२

मुम्बाई - स्वतन्त्रता दिवसका दिन भारत सरकारले प्रदान गर्ने दोस्रो ठूलो नागरिक सम्मान पद्मभूषण प्राप्त गरेका दिलिपकुमारले अस्वस्थका कारण समारोहमा सहभागिता जनाउन पाएका थिएनन् । त्यसैले बलिउडका चर्चित कलाकार दीलिपकुमारलाई भारतीय गृहमन्त्री राजनाथसिंहले मुम्बईस्थित उनको निवास बान्द्रामै पुगेर ९३ वर्षीय दिलिपकुमारलाई सम्मानित गरे ।

पछिल्लो छ दशकले हिन्दी सिनेमामा सक्रिय दिलिपकुमारले नयाँ दौर, जंगु, अन्दाज र देवदासजस्ता हिट चलचित्रमा नायकको भूमिका निभाएका थिए । दिलिपकुमारले आफ्नो करियरमा ६० भन्दा बढी चलचित्र खेले ।

दिलिपकुमारले अवार्ड थापिरहदाँ उनीसँगै उनकी ७१ वर्षीया पत्नी सायरा बानो उपस्थित थिइन् । सायराले दिलिपकुमारको योगदानलाई सरकारले संझिएको भन्दै खुसी व्यक्त गरिन् ।

दिलिपकुमारलाई अवार्ड वितरण गर्दै गृहमन्त्री सिंहले भने, प्रधानमन्त्री आफैँ यो अवार्ड वितरण गर्न आउन लाग्नुभएको थियो ।

दिलिपकुमारले हिन्दी सिनेमामा ठूलो योगदान गर्नुभएको छ । दिल्लीमा पद्मभूषण प्रदान गरिदाँ अस्वस्थ दिलिपकुमार उपस्थित हुन सकेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप