मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनिल गुरुङ नेपालका नयाँ कप्तान

सोमबार, २८ मङ्सिर २०७२, १४ : १९
सोमबार, २८ मङ्सिर २०७२

काठमाडौं - स्टाइकर अनिल गुरुङ नेपालका नयाँ कप्तान चुनिएका छन् । उनको कप्तानीमा प्रशिक्षक प्याटिक ओसेम्सले भारतको त्रिवेन्द्रममा पुस ८ गतेबाट हुने १२ साफ च्याम्पियनसिपका लागि २३ सदस्यिय नेपाली टोली घोषणा गरेका हुन् । पोखराको साहारा क्लबमार्फत आफ्नो फुटबल करियर सुरु गरेका अनिल अहिले राष्टिय टोलीमा रहेका नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै अन्तर्राष्टिय गोल गर्ने खेलाडी हुन् । उनले १० गोल गरेका छन् । नेपाली टोलीको उपकप्तानमा रोहित चन्द र विराज महर्जन छन् । अनिलसँगै विमल घर्तिमगर, नवयुग श्रेष्ठ र नविन लामाले नेपालको अग्रपंक्ती सम्हाल्नेछन् । त्यस्तै जगजित श्रेष्ठ, हेमन गुरुंग, विशाल राई, विक्रम लामा, योगेश गुरुंग र रोहित चन्द्र मिडिफल्डमा छन् भने रन्जित धिमाल, रविन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामांग, आदित्य चौधरी र विराज महर्जन डिफेन्समा छन् ।

नेपाली टोलीको गोलपोस्ट किरण चेम्जोंगसँगै विकेश कुथु र अमृत चौधरीमध्ये एकले सम्हाल्नेछन् । प्रतियोगितामा नेपालले समूह चरणमा भारत र श्रीलंकाको सामना गर्नेछ । यसै समूहको अर्को प्रत्यासी पाकिस्तानले प्रतियोगितामा सहभागी नहुने निर्णय गरिसकेको छ । नेपालले समूह चरणमा पुस ८ गते श्रीलंकाको सामना गर्नेछ भने पुस १२ गते भारतको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप