मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जंगली हात्तीले ९ घर भत्कायो

सोमबार, २८ मङ्सिर २०७२, १४ : ३५
सोमबार, २८ मङ्सिर २०७२

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित दमौतीमा जंगली हात्ती आंतक छाएको छ । तीन दिन अघि गाँउ पसेका हात्तीले दमौती विलौनीका ९ वटा घर भत्काएको स्थानीयले बताएका छन । हात्तीले जमुना नेपाली, भिमबहादुर तामाङ्ग, प्रेम बहादुर मगर, नारायण मगर, राजेन्द्र थापा र भिम बहादुर मगर लगायतको घर भत्काई क्षति पु¥याएको स्थानीय विनोद मोतेले टेलिफोन मार्फत जानकारी दिए । मोतेका अनुसार दुईवटाको संख्यामा रहेको हात्तीले स्थानीयहरुको घर, खाद्यन्न र लत्ता कपडा समेत नष्ट गरिदिएको छ । दिन भर स्थानीय चुरे जंगलमा बस्ने र साँझ परेपछि हात्तीले गाउँ पसेर क्षति गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप