मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिम्बुवानको चक्काजाम फिर्ता

सोमबार, २८ मङ्सिर २०७२, १४ : ४१
सोमबार, २८ मङ्सिर २०७२

धनकुटा - लिम्बुवानले पूर्वी नेपालका नौ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन चक्काजाम आज बिहानदेखि फिर्ता लिएको छ । सरकारसँग भएको पाँचबुँदे सम्झौता कार्यान्वयनको माग गर्दै लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिले हिजोदेखि अनिश्चितकालीन चक्काजाम आवह्वान गरेको थियो । नाकाबन्दी र तराई बन्दले सर्वसाधारणमा परेको मारलाई मध्यनजर गर्दै चक्काजाम फिर्ता लिई आन्दोलनलाई परिमार्जन गरिएको सङ्घीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य जेन्टल लावतीले बताउनुभयो । बन्द फिर्ता भएसँगै सवारी सञ्चालन हुन थालेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप