कारबाहीमा २९ जना सशस्त्र आतङ्ककारी मारिए
काबुल–अफगान प्रहरीका एक समूहले गत २४ घण्टाभित्र शृङ्खलाबद्ध रुपमा गरेको कारबाहीको क्रममा १० सशस्त्र तालिवान आतङ्ककारी मारिएको अफगान गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो कारबाहीमा अफगान सेनाको पनि सहयोग रहेका जनाइएको छ । अफगानिस्तानको कुन्दुन्ज, फर्याब कान्दाहार ओरुजगान, पाक्टिका र हेलमान्ड प्रान्तमा जारी कारबाहीमा ती आतङ्ककारीहरु मारिएको जनाइएको छ । यस कारबाहीको क्रममा अफगान प्रहरीको सो समूहले हातहतियारहरु कब्जा गरेको पनि जानकारी दिइएको छ ।
कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने हताहतिको कुनै समाचार नभएको जनाइएको छ । अफगान सरकारसँग युद्धरत तालिवान आतङ्ककारी समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको गजनी प्रान्तमा सुरक्षा बल र तालिवान आतङ्ककारीबीच भएको झडपमा १९ आतङ्ककारी मारिएको प्रान्तीय प्रवक्ता मोहमद इब्राहिम आमिरले बताएका छन् ती आतङ्ककारीहरुमा समूह कमाण्डरसमेत मारिएका जनाइएको छ । तालिवान समूह कमाण्डर मुल्लाह नस्रातुल्लाहसति १९ विद्रोहीको मृत्यु भएको आमिरले सिन्ह्वा समाचार समितिलाई बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण