मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सम्बन्धमा व्यस्त राजकुमार

सोमबार, २८ मङ्सिर २०७२, १५ : २७
सोमबार, २८ मङ्सिर २०७२
काठमाडौं–अहिले गायक राजकुमार प्रधान सम्बन्ध नामक परियोजनामा व्यस्त छन् । प्रधानले पछिल्ला दुई वर्षदेखि यस परियोजनामार्फत नयाँ प्रतिभाहरु उत्पादन गर्दै आएका छन् । सन् २०१३ को फेब्रुअरी २ मा साधना कला केन्द्रले यो परियोजना सञ्चालमा ल्याएको थियो । अनेक भाषा र संस्कृतिको देश नेपालमा सिमाविहिन, भाषा, संस्कृति र धर्मविहिन वातावरण तयार गर्न एकअर्काको भाषा र संस्कृति आदन–प्रदान गर्ने उद्देश्यले यो परियोजनामा सञ्चालनमा ल्याएको थियो । २६ जना विद्यार्थीहरुको सहभागितामा सुरु गरिएको यस परियोजनामा अहिले ३५ सयभन्दा बढी विद्यार्थी आबद्ध रहेको परियोजनाका प्रमुख राजकुमारले बताए । यस परियोजनामा गैरसरकारी संस्था एक्टस् नेपालले समेत सहकार्य गरेको छ । साधना कला केन्द्रका कार्यकारी निर्देशक मिलन मोक्तान भन्छन्–‘नेपाल बहुसंस्कृति, बहुभाषा र थुपैै्र जातीको देश हो । तर, पछिल्लो समय थुपै्र भाषा संस्कृति लोपोन्मुख अवस्थामा छन् । त्यस्ता भाषा संस्कृतिको आदान प्रदान गर्दै संरक्षण र सम्बद्र्धन गर्न हामीले यो परियोजना अघि ल्याएका हौँ ।’ मोक्तानका अनुसार यस कार्यक्रममा सहभागि भएका विद्यार्थीहरुले सिकेका क्षमतालाई आफ्नो जिल्लामा गएर समेत प्रयोग गर्ने गरेका छन् । परियोजनाका प्रमुख राजकुमार भन्छन्–‘विद्यार्थीहरुको सहभागिता उत्साहजनक छ । त्यसैले अहिले हामीले काठमाडौँ मात्रै नभएर यो परियोजनालाई देशका अन्य जिल्लामा पनि सञ्चालन गरेका छौँ ।’ सन् १९९१ मा स्थापित साधना कला केन्द्र नेपालमा संगीत सम्बन्धि प्रशिक्षण दिने पुरानो संस्थामध्ये एक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप