निखिल र अशिष्माले गरे कपास फेसनको शुभारम्भ
काठमाडौं — स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक पहिरन तथा सेरवानीका लुगासहितको नयाँ फेसन पसल राजधानीको नयाँवानेश्वरमा सोमबारबाट सञ्चालनमा आएको छ । लामो समयदेखि फेसन डिजाइनिङमा आबद्ध मदन पौडेलसहित हाम्रो ग्रुप अफ कम्पनीले ‘कपास फेसन’ नामक फेसन पसल सञ्चालनमा ल्याएको हो । फेसन पसलको सोमबार अभिनेता निखिल उप्रेती र नायिका अशिष्मा नकर्मीले संयुक्त रुपमा रिवन काटेर शुभारम्भ गरे । कार्यक्रममा अभिनेता उप्रेतीले पहिलाको समयमा आफुलाई पहिरन छनौंटको बारेमा खासै जानकारी नभए पनि अहिले चाहिँ कार्यक्रममा जाँदा लुगा छनौंट गरेर लगाउने गरेको बताए । नायिका नकर्मीले आफु फेसन प्रति संवेदनशिल रहेको जानकारी दिँदै बाहिर निस्किँदा आफ्नो छनौंट र आफैले डिजाइन गरेका पहिरन लगाएर निस्कने गरेको खुलाईन् । पसलका निर्देशकसमेत रहेका डिजाइनर पौडेलले पसलमा महिला र पुरुष दुवैजनालाई मिल्ने किसिमका महंगादेखि औषत मूल्यका पार्टी पहिरन उपलब्ध हुने जानकारी दिए । ‘यहाँ नेपाली परम्परागत किसिमका पहिरनसँगै भारतीय सेरवानी किसिमका पहिरन पनि पाइन्छन्,’उनले भने,‘खास गरी सेलिब्रेटीलाई सुहाउँदिलो किसिमका पहिरन पनि म आफै डिजाइन गरेर तयार पारेको छु ।’ सन् २०१४ मा इण्डोनेशियामा भएको एसियन फेसन विकमा नेपालको तर्फबाट सहभागिता जनाईसकेका मदनले आफुले उत्पादन गरेका पहिरनहरु लण्डन, अमेरिका, जापानलगायतका मुलुकमा समेत निर्यात गर्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण