नयाँ शक्तिमा ६० प्रतिशत नयाँ अनुहार : भट्टराई
रुपन्देही - नयाँ शक्ति निर्माणका संयोजक डा बाबुराम भट्टराईले मधेसी मोर्चासँग सरकारले गर्ने वार्ता सार्थक बनाउन आफूले सहयोगी भूमिका खेल्ने बताएका छन् ।
उनले सरकारले तराई–मधेस आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न आफूले सहयोगीमा रुपमा काम गर्न तत्पर गरेको बताए ।
नयाँ शक्ति निर्माण अभियान रुपन्देही जिल्ला भेला आयोजक समितिले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले मुलुकको असहज परिस्थितिलाई समाधान गर्न आफू संवेदनशील रहेको बताए ।
सरकार मधेसी मोर्चाका जायज मागलाई सम्बोधन गरी छिटो निकास दिन गम्भीर नभएको आरोप लगाउँदै उनले यही अवस्था लम्बिदै गए स्थिति नियन्त्रण बाहिर जानसक्ने चेतावनीसमेत दिए ।
आफूले नेतृत्व गरेको नयाँ शक्तिमा ६० प्रतिशत नयाँ अनुहार हुने उनको दाबी थियो । उनले भने, “नयाँ शक्तिलाई सोच, विचार, कार्यशैली सबै हिसाबले जगैदेखि नयाँ बनाउने प्रयत्न हुनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण