मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

महाधिवेशनको तयारी गर्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १ गते बस्ने

सोमबार, २८ मङ्सिर २०७२, १६ : ०८
सोमबार, २८ मङ्सिर २०७२

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर, सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक र आसन्न १३औँ महाधिवेशनको तयारीका बारेमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले बताए ।

बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक अघि बढाउन काँग्रेसले खेल्ने भूमिकाका बारेमा पनि छलफल हुने बताइएको छ ।

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको आसन्न १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुदैछ । महाधिवेशनको तयारीका लागि गठित समितिले गरेका कामका बारेमा बैठकमा समीक्षा हुने पार्टी कार्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप