मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाका खोल्न पहल जारी : उपप्रधानमन्त्री रावल

सोमबार, २८ मङ्सिर २०७२, १६ : १७
सोमबार, २८ मङ्सिर २०७२
चितवन–उपप्रधानमन्त्री तथा रक्षा मन्त्री भीम रावलले देशले अहिले भोगिरहेको समस्या समाधान गर्न सरकारले राजनीतिक र कूटनीतिक प्रयास जारी राखेको बताएका छन् । व्यक्तिगत कामका सिलसिलामा चितवन आउनुभएका मन्त्री रावलले आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिपक्ष दलले प्राधिकरण विधेयक ल्याउन नदिने र मोर्चाले संविधान संशोधनको विधेयक ल्याउन नदिने कामले देशमा जटिलता थपिएको बताए । मधेसी मोर्चासँग नाकामा उत्पन्न समस्या समाधानका लागि पहल भइरहेको र भारतसँग पनि वार्ता चलिरहेको उनले जानकारी दिए । मोर्चाले आफ्ना मागहरु सम्बोधनका लागि प्याकेजमा सहमति खोजिरहेको उहॉको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप