दुई वर्ष नेपालले कृषि वस्तु आयात गर्नुपर्दैन : कृषि मन्त्री गजुरेल
काठमाडौँ–कृषि विकास मन्त्री हरिबोल गजुरेलले आगामी दुई वर्षभित्र नेपालले कृषि वस्तु आयात गर्नु नपर्ने बताएका छन् ।
आज राजधानीमा कृषि पत्रकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले कृषिको विकास बिना मुलुकको विकास सम्भव नभएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले कृषि अब्बल पेसा भएको बताउँदै विभिन्न बैङ्क तथा वित्तीय संस्थालाई लगानी बढाउन आग्रह गरे ।
यस्तै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि विकासमा समाचार सम्प्रेषण गरी किसानलाई उत्पादनमा जागरुक गराएको भन्दै पाँच जना पत्रकारलाई जनही नगद रु १० हजार राशिसहित पुरस्कृत गरेको छ ।
बीबीसी नेपाली सेवाका समाचारदाता सुभाष कार्की, राजधानी दैनिकका लक्ष्मी सापकोटा, कान्तिपुरका प्रकाश अधिकारी, गोरखापत्रका विष्णुप्रसाद न्यौपाने र नयाँपत्रिका दैनिकका ख्यामप्रसाद भुजेललाई सो सम्मान प्रदान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण