मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

११ वर्षकी बालिका बलात्कार गर्ने ७० वर्षीय बृद्ध पक्राउ

सोमबार, २८ मङ्सिर २०७२, १६ : २४
सोमबार, २८ मङ्सिर २०७२

इलाम–बालिका बलात्कार गरेको आरोपमा इलाम चुलाचुलीका एक वृद्धलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

एघार वर्षकी बालिकालाई ललाइफकाइ बलात्कार गरेको आरोपमा चुलाचुली–१ का ७० वर्षीय रङ्गलाल दुलाललाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई फकाइफुल्याइ आइतबार बेलुका घरनजिकैको काँसघारीमा दुलालले बलात्कार गरेको प्रहरी निरीक्षक रुद्र चुडालले जानकारी दिए ।

पक्राउ परेका वृद्धले बालिका बलात्कार गरेको स्वीकारेका छन् । पीडितको अवस्था सामान्य रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप