संविधान पुनर्लेखन गनुपर्छः उपेन्द्र यादव
कास्की– मधेसी जनअधिकार फोरमका अध्यक्ष एवं मधेसी नेता उपेन्द्र यादवले नेपालको संविधान पुनर्लेखन गरिनुपर्ने बताएका छन् ।
तमुवान संघर्ष समितिद्धारा सोमवार पोखरामा आयोजित विरोधसभालाई सम्वोधन गर्दै यादवले सो कुरा बताएका हुन् ।
उनले मधेसी र आदिवासीका अधिकार संविधान समावेश नभएको संविधानको कुनै औचित्य नभएको बताए ।
जहिलेसम्म मधेसी र आदिवासीका अधिकारहरु संविधानमा समावेश गरिदैँन तबसम्म आन्दोलन जारी राख्ने उनले बताए ।
नेपालका प्रमुख राजनीतिक दलका नेताहरुले मधेशलाई उपेक्षा गरेका कारण मधेसीहरु लामो समयदेखि आन्दोलनमा रहेको उनले बताए ।
आफ्नो देशको समस्या हल गर्न नसकेर यहाँका नेताहरुले विदेशीलाई दोष थोपारेको नेता यादवको भनाई छ ।
अहिले भारतले नाकाबन्दी गर्यो भन्नुभन्दा हामीले मधेसी आदिवासी र उत्पीडितलाई के गर्यौं भन्नेवारे बुझ्न उनले सरकारको नेतृत्व गरेका दलहरुलाई आग्रह समेत गरेका छन् ।
उनले नेपालका आदिवासी जनजाति र मधेशमा धोति लगाउनेहरुले नै देशको सीमा रक्षा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण