फ्रि भिषा र फ्रि टिकट कार्यान्वयनमा समस्या परेको व्यवसायीद्वारा स्वीकार
जसरी भएपनि लागु गराउनुपर्ने सरोकारवालाको जोड काठमाडौं–सरकारले बिना तयारी मलेसियासहित खाडीका ६ देशमा वैदेशिक रोजगारमा जाने कामदारलाई निःशुल्क भिसा र टिकटको निर्णय लागु गरेकाले अहिले कार्यन्वयनमा समस्या आएको वैदेशिक रोजगार व्यवसायीहरुले स्वीकार गरेका छन् । उनीहरुले यस्तो निर्णय लागु गर्नुअघि सरकारले व्यवसायी, रोजगारदाता मुलुकहरुसँग छलफल गरेको भए अहिले कार्यन्वयनमा कुनै समस्या नआउने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको पूर्वसन्ध्यामा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र नेपाल वैदेशिक रोजगार पत्रकार समाजले संयुक्त रुपमा सोमवार काठमाडौंमा आयोजना गरेको ‘फ्रि भिषा र फ्रि टिकट कार्यान्वयन र वास्तविकता’ विषयक कार्यक्रममा मेनपावर व्यवसायीहरुले प्रयाप्त समय उपलब्ध नगराई सरकारले नियम लागु गर्दा मान्नैपर्ने भएकाले समस्या परेको स्वीकार गरेका छन् ।
कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद खनालले व्यवसायीहरु पनि कम शुल्कमा विदेशमा नेपाली कामदार पठाउन तयार रहेको उल्लेख गर्दै भने– ‘तर व्यवसायीहरुले भोग्नुपरेको समस्या सरकार र सरोकारवालाहरुले बुझेनन्’ । उनले निर्णय लागु गर्नुअघि सरकारले व्यवसायी, रोजगारदाता मुलुकसँग छलफल गरेको भए अहिले कार्यान्वयनमा कुनै समस्या नआउने समेत जीकिर गरे ।
सोही अवसरमा वरिष्ठ वैदेशिक रोजगार व्यवसायी अब्दुल सतारले फ्रि भिषा र फ्रि टिकट कार्यान्वयनमा वैदेशिक रोजगार ऐन नै बाद्यक भएको बताएका छन् । उनले भने– ‘हामी सरकारको हरेक नियम मान्न तयार छौँ, तर सरकार नै विरोधाभाष नियम बनाउँछ ।’ उनले सरकारी पक्षलाई कटाक्ष गर्दै भने– ‘जिरो कष्ट लागु गराउन सरकारी पक्षले नै श्रमग्राम ताहचलबाट थाल्नुपर्छ ।’
कार्यक्रममा प्रमुख अतिथि तथा श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले वैदेशिक रोजगारका क्षेत्रका सवैमा इमान्दारिता भए फ्रि भिसा र फ्रि टिकटको निर्णय कार्यान्वयनमा कुनै समस्या नभएको बताए । सचिव आचार्यले मेनपावर व्यवसायीहरुलाई आग्रह गर्दै भने– ‘कामदारको भविष्यमा तपाईहरु जिम्मेवार बन्नैपर्छ ।’ फ्रि भिसा र फ्रि टिकट लागु भइसकेकाले यसका असहजतालाई अध्ययन गरेर प्रभावकारी बनाउन सरकार उद्धृत रहेको हुँदा सबैलाई सहयोग गर्न सचिव आचार्यले आग्रह गरे ।
फ्रि भिसा र फ्रि टिकटको कार्यान्वयन र वास्तविकता विषयमा वैदेशिक रोजगार विभागका निर्देशक उमाकान्त पौडेलले कार्यपत्र प्रस्तुत गर्दै सबै पक्षको कमजोरीका कारण यो व्यवस्था प्रभावकारी हुन नसकेको उल्लेख गरे । कार्यपत्रको पौरखीका अध्यक्ष मञ्जु गुरुङ, कुमोद खनाल, वैदेशिक रोजगार प्रत्रकार समाजका पूर्व–अध्यक्ष मदनकुमार श्रेष्ठले टिप्पणी गर्दै एकअर्कालाई आरोप प्रत्यारोपभन्दा पनि जिम्मेवार भएर समस्या समाधान गर्नु पर्ने औंल्याए ।
फ्रि भिसा र फ्रि टिकट कार्यान्वयनका विषयमा अध्ययन र अनुगमन शुरु भएको बताउँदै श्रम तथा रोजगार मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोविन्दमणि भूर्तेलले व्यवसायीहरुका समस्या कहाँ छन् बसेर छलफल गर्ने र प्रभावकारी कार्यान्वयन गराउन सरकार नचुक्ने बताए ।
कार्यक्रमा वैदेशिक रोजगार प्रबद्र्धन वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, वैदेशिक रोजगार प्रतिनिधी ऐजेन्ट एशोसियनका अध्यक्ष खड्गबहादुर श्रेष्ठ, आप्रवासी कामदारका प्रतिनिधि, स्वास्थ्य व्यवसायी, संचारकर्मीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा फ्रि भिसा र फ्रि टिकटको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सरल बनाउन सबै पक्ष लाग्ने बताए । समाजका महासचिव हरि थापाले संचालन गरेको कार्यक्रममा समाजले तयार पारेको भिडियो रिपोर्ट प्रस्तुत गरिएको थियो भने समाजका अध्यक्ष निरञ्जन ज्ञवालीले कार्यक्रमको सभापतित्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण