मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोहोरको थुप्रोमा दुई शिशुको शव फेला

सोमबार, २८ मङ्सिर २०७२, १७ : ४०
सोमबार, २८ मङ्सिर २०७२
सोलुखुम्बु–यहाँ दुई नवजात शिशुको शव भेटिएको छ । आइतबार सदरमुकामस्थित साप्ताहिक हाट लाग्ने स्थान नजिक खोल्सीमा र आज सोही स्थानबाट केही पर अर्को खोल्सीमा रहेको फोहरको थुप्रामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुवै शव केही समयअघि जन्माएर फ्याँकेको प्रहरीले अनुमान गरेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप