मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जायज माग पूरा गरेर अगाडि बढौँ : पोखरेल

सोमबार, २८ मङ्सिर २०७२, १८ : ०८
सोमबार, २८ मङ्सिर २०७२

भक्तपुर–नेकपा (एमाले) का पोलिटब्युरो सदस्य शङ्कर पोखरेलले आन्दोलनरत मधेसकेन्द्रित दलको जायज माग पूरा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

एमाले चाँगुनारायण नगर कमिटी अधिवेशनको आज उद्घाटन गर्दै उनले जायज माग मात्र लिएर वार्तामा बस्न ती दललाई आग्रह गर्दै देशको हितलाई सर्वोपरि राखेर सहमतिमा जानाको विकप्ल छैन भने ।

कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष राजेन्द्र राजथला, चाँगुनारायण नगर कमिटी इन्चार्ज मोहनवीर श्रेष्ठलगायतले संविधान जारी भएपछि देशमा देखिएको चुनौतीलाई अवसरमा बदल्दै लैजानुपर्नेमा जोड दिए ।

अधिवेशनले रमेश बुढाथोकीको अध्यक्षतामा २७ सदस्यीय एमाले चाँगुनारायण नगर कमिटी निर्वाचित गरेको छ । उपाध्यक्षमा वासुदेव खड्का, सचिवमा रामेश्वर थापा र सहसचिवमा राजेन्द्र खड्का निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप