मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीमा ट्याक्टर दुर्घटना, ४ को मृत्यु, १ घाइते

मङ्गलबार, २९ मङ्सिर २०७२, ०८ : ४९
मङ्गलबार, २९ मङ्सिर २०७२

गुल्मी – गुल्मीमा गएराति ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

गुल्मीको हस्तीचौर–३ स्थित गुर्बा भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु हो ।

सदरमुकाम तम्घासबाट हस्तिचौरतर्फ जाँदै गरेको लु१त ४८३१ नम्बरको ट्यांकर साँघुरोबाटोमा अनियन्त्रित भएर दुर्घटना भएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । दुर्घटनामा परी हस्तिचौर ३ गुर्बाका ६५ वर्षीय पीर्थबहादुर खत्री, सोही ठाउँका ५३ वर्षीय चन्द्रबहादुर कुँबर, वर्ष ३६ का जुद्धबहादुर कुमाल र हस्तिचौर ६ का २१ वर्षीय बैकुठबहादुर मुखियाको ज्यान गएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेन्द्र कुमार भट्टले रातोपाटीलाई जानकारी दिए ।

मृतकको शव अहिले मोस्टमार्टमा लागि जिल्ला अस्पताल तम्घासमा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप