भारतीय नाकाबन्दीको मुम्बईमा नै विरोध
मुम्बई – भारतले गत तीन महिनादेखि नेपालमा गरिरहेको नाकाबन्दीको मुम्बईस्थित विभिन्न संघ–संगठनहरुले विरोध जनाएका छन् । सोमबार मुम्बईको अन्धेरीस्थित मारुती हाईस्कुलमा सपन्न उक्त कार्यक्रममा प्रवासी नेपाली संघ भारतका थानेश्वर भट्टराईले संचालन गरेका थिए भने मुलप्रवाह अभानेए समाजका अनन्त राहाडीले स्वागत भाषण गरेका थिए ।
अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव सुरेन्द्र देवकरले अध्यक्षता गरेको उक्त कार्यक्रममा अतिथिको रुपमा अभानेए मञ्चका केन्द्रीय अध्यक्ष ईश्वरी भण्डारी, प्रनेसंका महासचिव डम्बर रावल, मुलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव इन्द्र भैटाल, प्रने संघका केन्द्रीय सल्लाहकार बिष्णु गिरी, अभानेए मञ्चका केन्द्रीय सहकोषाध्यक्ष मोहन देवकर, मञ्चका मध्यक्षेत्रीय संयोजक एसपी महत, मुल प्रवाहका केन्द्रीय सदस्य चन्द्र सुवेदी, अखिल भारत प्रवासी नेपाली संघका प्रतिनिधि ओम डल्लाकोटी, नेपाली समाज कल्याण संंघका अध्यक्ष राजेन्द्र थलारी, नेपाली जनविकास परिषद्का, सुरेश मयालती, एकीकृत नेकपा माओवादीका अछाम जिल्ला सदस्य रतन देवकर, हरिओम एकता समाजका प्रतिनिधि नयन दास र नयाँ शक्ति नेपाल भारतका संयोजक नरेन्द्र ओलीको सहभागितामा विरोधसभा कार्यक्रम सपन्न भएको हो ।
कार्यक्रममा सहभागिता र ऐक्यबद्धता जनाउँदै समस्त संघ–संस्थाका प्रतिनिधिहरुले नेपालमा लगाएको अघोषित अबिलम्ब नाकावन्दी हटाउनुपर्दछ भन्ने कुरा राख्दै, यदि यसरी नाकाबन्दी कायम रह्यो भने जनप्रर्दन र र्याली गर्दै विरोध गरिरहने जनाएका छन् । उनीहरुले आफ्ना भनाईहरु राख्दै संयुक्त विरोधसभा गरेका हुन् ।
विरोध प्रर्दशनमा सहभागिता जनाएका प्रतिनिधीहरुले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेर महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फणवीसलाई ज्ञापनपत्र बुझाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण