मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अवैधानिक रूपमा काम गर्न विवस झन्डै चार सय नेपालीको मञ्चको पहलमा उद्दार

मङ्गलबार, २९ मङ्सिर २०७२, ११ : ३६
मङ्गलबार, २९ मङ्सिर २०७२

मलेसिया– विगत लामो समयदेखि मलेसियाको भहअभििभलत तझ नामक सप्लायर्स कम्पनीमा अवैधानिक बनेर काम गर्न विवस झन्डै चारसय जना नेपाली श्रमिकको एनेकपा माओवादी निकट नेपाली जनप्रगतिशिल मञ्च मलेसिया र विशुद्व सामाजिक संस्था प्रवासी इलामेली सम्पर्क मञ्चको संयुक्त्त प्रयासमा पीडित श्रमिकहरुको उद्दार गरेको छ ।

काठमाडौंको महाराजगन्जमा अवस्थित RR Group नामक मेनपावर कम्पनी बाट सम्झौता गरि मलेसिया को excellent tem नामक कम्पनीमा काम गर्न भनी आएका झन्डै चार सयभन्दा बढी नेपाली श्रमिक अवैधानिक बनेर काम गर्न विवस रहेको रहस्य खुलेको छ । यसैक्रममा लामो समयदेखि निस्वार्थ रूपमा मजदुर हक हितमा कामगर्दै आएको एमाओवादी निकट श्रमिक मञ्च मलेसियाको मजदुर समस्या पहिचान तथा समाधान उप–कमिटीमा गत आइतबार ‘न्याय पाउँ’ भन्ने शीर्षकमा हस्ताक्षरसहित लिखित निवेदन आए पश्चात् यो रहस्य खुलेको हो ।

मञ्चको कार्यलयमा निवेदन प्राप्त भएसँगै मञ्चले तत्काल आकस्मिक बैठक कसी पीडितहरुको समस्या समाधान गर्न भीन् मञ्चका अध्यक्ष प्रेम पाण्डे, महासचिव दिप लिम्बू मलेसियाका पार्टी जिल्ला अध्यक्ष रमेश प्रसाद तिवारी महासचिव कृष्ण नेपाल तथा उप–कमिटी संयोजक सरोज एसि र अन्य सदस्यहरुको सिङ्गो टोलीले घटनाको छानबिन गरि प्रमाण संकलनको कामलाई विगत सात दिनदेखि तिब्रता दिएको थियो ।

लामो समयको अनुसन्धान तथा पीडितहरुको गुनासो र प्रमाणका आधारमा सम्बन्धित कम्पनीले भिषा नलगार्इ अवैधानिक बनाएको औषधी उपचार तथा आधारभुत सेवा समेत नदिएको नक्कली पर्मिट बनार्इ मासिक लेबि लिएको कम्पनी फरक–फरक नामबाट संचालन गरेको तथा सो कम्पनीका कार्यरत नेपाली श्रमिकलाई चरम यातनासहित केहिको हत्या समेत भएको र घटनाको बारेमा दूतावासलाई लिखित निवेदन दिँदा समेत छानबिन गर्न ढिलाइ गरेको भनि सम्पूर्ण प्रमाणसहित मञ्चका प्रतिनिधि पीडित श्रमिक इलामेली सम्पर्क मञ्चका अध्यक्षसहितले नेपाली दूतावास मलेसियामा तत्काल छानबिन गरि पीडितको उद्दार गर्न दूतावासलाई ध्यानाकर्षण गराएको थियो ।

सम्पूर्ण पदाधिकारी तथा पत्रकारहरुको उपस्थितिमा दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराई, बिनोद मुखिया, कृष्ण बिस्टलगायतले तत्काल सम्बन्धित कम्पनीको मालिकलाई फोन गरि एक घन्टाभित्र उपस्थिति जनाउन सूचना दिए पश्चात् कम्पनीको व्यवस्थापन टिम दूतावास आएको हो । सुरुमा कम्पनी मालिकबाट घटनालाई सामान्य रूपमा लिन खोजेपनि दूतावासको कडा प्रस्तुतिका कारण बाध्य भएर कम्पनीले पीडितका माग गर्न लिखित सहमति जनाउन विवस भएको छ ।

सम्झौतामा पीडित श्रमिकहरुमध्ये १३ जनालाइ एक बर्षको लेबि रकम फिर्ता गरि हवाई टिकट र सम्पूर्ण खर्च ब्यहोर्न गरि एक सातामा नेपाल फर्काउने र बाँकी सम्पूर्ण नेपाली श्रमिकलाई एक महिनाभित्र नेपाल पठाउने लिखित सम्झौतामा उल्लेख गरिएको छ । यस्तै कम्पनीको सुपर्भाइजर पोस्टमा कार्यरत तीन जना नेपालीलाई दूतावासले घटनामा मिलोमतो गरेको नेपाली श्रमिकलाई ठगी गरेको र यातना दिने कार्यमा सहयोग गरेको र केहीको मृत्यु समेत भएको भनी सम्पूर्ण प्रमाणसहित कम्पनीमा कार्यरत पीडित श्रमिक नेपाल नफर्कदाँसम्म ज्यान र धनको सुरक्षा तथा कम्पनीबाट सम्पूर्ण नेपाली फर्किए पश्चात् सुपर्भाइजर नवीन महर्जन, प्रेम श्रेष्ठ तथा कृश गिरिलार्इ ठगी तथा ज्यान सम्बन्धि मुद्दामा हदैसम्म्को कारबाही गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा गृह मन्त्रालयलाई तत्काल जानकारी गराउने समेत नेपाली दूतावास मलेसियाले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप