बस दुर्घटनामा ४१ प्रहरीको मृत्यु, २० जना घाइते
मङ्गलबार, २९ मङ्सिर २०७२, १२ : ०३
अर्जेन्टिना–उत्तरी अर्जेन्टिनाको साल्टा नजिकै भएको एक बस दुर्घभटनामा परी सोमबार ४१ जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।
अर्जेन्टिनाको राजधानी बुइनोस एैरिसबाट एक हजार ५०० किलोमिटर उत्तरमा भएको उक्त दुर्घटनाका कारण भने थाहा भइनसकेको बताइएको छ ।
सडकबाट पुलमा चढ्ने क्रममा बस चिप्लिएको र पुलबाट २० मिटर तल खसेको यहाँको विशेष प्रहरी फोर्स नेसनल जेन्डरमेरीले जारी गरेको एक वक्तव्यमा जनाइए पनि यसबारे अनुसन्धान भैरहेको बताइएको छ ।
घटनामा घाइते भएका करिब २० प्रहरीलाई स्थानीय अस्पतालमा उपचारर्थ भर्ना गरिएको अर्जेन्टिनाको स्टेट एजेन्सी तेलामले जनाएको छ ।
तीनवटा बस गएका प्रहरी साल्टा क्षेत्रको गस्तीमा गएको बेला उक्त दुर्घटना भएको थियो ।
अर्जेन्टिनामा कमसल ग्रामिण सडक संरचनाका कारण बर्षेनी ठूलो संख्यामा दुर्घटनाका कारण नागरिकको मृत्यु हुने गरेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण