छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
सप्तरी–छुट्टाछुट्टै दुर्घटनामा परी यहाँ दुई जनाको मृत्यु भएको छ ।
राजविराजबाट मलेकपुर जाँदै गरेको स१त २८६५ नंको ट्र्याक्टर आज बिहान अनियन्त्रित भई पल्टिँदा मलेकपुर–८ का मसहरनियाँ निवासी ३० वर्षीय बद्री सदाको घटनास्थलमै मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी ट्रयाक्टर चालक जोमनी मधेपुरा–३ का ५५ वर्षीय भोलाराम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यस्तै राजविराज–रुपनी सडकखण्ड अन्तर्गत मलेठमा १प ३२७ नंको मोटरसाइकलको ठक्करबाट सोमबार मलेठ–१ निवासी नौ वर्षीया जोमुनाकुमारी नुनियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच हर्दिया गाविसमा जङ्गली हात्तीको आक्रमणबाट हर्दिया गाविस–५ निवासी ३० वर्षीया मैयाँ कार्की गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण