मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बेलहिया नाकामा २ जना मधेसी मोर्चाका नेता पक्राउ

मङ्गलबार, २९ मङ्सिर २०७२, १३ : ४६
मङ्गलबार, २९ मङ्सिर २०७२
रुपन्देही– रुपन्देहीको बेलहिया नाकामा धर्ना दिन आएका २ जना मधेसी मोर्चाका नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अजय बर्मा रहेका छन् । अहिले उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जनालाई पक्राउ गरेपछि त्यहाँको अवस्था सामान्य रहेको छ । यसैबीच, आज बिहान वीरगञ्जको बन्दरगाहको ढुवानीमा अवरोध पुर्याउन खोज्ने मोर्चाका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप